राम प्रसाद चौहान
बर्दिया पुस ९ किशोर किशोरी यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी अन्तरक्रिया गुलरियामा भएको छ ।
किशोर किशोरी यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी हाम्रो समाजमा यो विषयमा खुलेर कुरा गर्न नसकिएको कारणले किशोर किशोरी समस्यामा पर्ने स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले बताए ।
त्यसैगरी किशोर किशोरी यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी अधिकारहरुको बारेमा स्वास्थ्य कार्यालय बर्दियाकी पद्मा कुमारी श्रेष्ठले विस्तृत जानकारी गराएकी थिइन् ।
प्लान इन्टरनेशनल नेपालको सहयोग, नेपाल भेरी वातावरणीय समूह (बि ग्रुप) को आयोजनामा स्वास्थ्य कार्यालय बर्दिया, नेपाल पत्रकार महासंघको समन्वय र सहकार्यमा कार्यक्रम भएको हो । बालिका सशक्तिकरण परियोजना मार्फत गुलरियामा यौनिक तथा प्रजनन् अधिकार सम्बन्धी संचारकर्मीहरुसंग एक दिने अन्तरक्रिया गरिएको हो ।
नेपाल पत्रकार महासंघ बर्दिया अध्यक्ष राजेन्द्र धितालले संचारकर्मीहरु सुचना सम्प्रेशन गर्ने हुनाले किशोर किशोरी यौन तथा प्रजनन स्वास्थ्यको बारेमा जानकारी हुनु जरुरी छ । यस्ता विषयको बारेमा जानकारीको लागि स्वास्थ्य कार्यालय बर्दिया र बि ग्रुपलाई धन्यवाद दिएका थिए ।
प्लान इन्टरनेशनल नेपालको र भेरि वातावरणीय समुह (बी ग्रुप) को साझेदारीमा बाँके र बर्दियामा कार्यक्रम संचालन गर्दै आएको बी ग्रुपका निर्देशक डम्बर सुनारले बताए । अन्तरक्रिया कार्यक्रममा बी ग्रुपका दिनेश चौधरी लगायत संचारकर्मीहरुको उपस्थिती रहेको थियो ।