पीएम कप खेल्ने सुदूरपश्चिमको महिला टोली घोषणा
शुक्रबार, पुष १०, २०७७ मा प्रकाशित

पौष १० दाङ  – लमहीको देउखुरी क्रिकेट मैदानमा हुने महिला प्रधानमन्त्री राष्ट्रिय टि२० किकेट प्रतियोगिताको लागि सुदूरपश्चिम प्रदेशले विन्दु रावलको कप्तानीमा टोली घोषणा गरेको छ ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीकी पूर्व कप्तान समेत रहेकी रितु कनौजियालाई भने कप्तानी दिएको छैन । युवा ब्याटर विन्दु रावललाई कप्तानी दिँदै सुदूरपश्चिमले आफ्नो टोली घोषणा गरेको छ । टोलीमा युवा स्टार कविता कुवँर र डली भट्ट पनि रहेका छन् ।

पीएम कप महिला शनिबार देखी दाङको लमहीमा रहेको दिउखुरी क्रिकेट मैदानमा सुरु हुँदैछ । सुदूरपश्चिम समूह बी मा छ । सुदूरपश्चिमसँगै बागमती, गण्डकी र प्रदेश नम्बर १ समूह बी मा छन् । सुदूरपश्चिमले पहिलो खेल पुस १४ मा गण्डकीसँग खेल्ने छ । पुस १५ मा प्रदेश १ सँग खेल्ने छ । पुस १६ मा बागमतीसँग खेल्ने छ ।

सुदूरपश्चिमको टोली :

विन्दु रावल (कप्तान), रुवि पोदार (उप कप्तान), रितु कनौजिया, कविता जोशी, मञ्जु बोगटी, डली भट्ट, लक्ष्मी साउँद, रेवती धामी, सम्झना खड्का, कविता कुवँर, दिव्या कार्की, सुनिता लुहार, दीपा जोरा, स्नेहा महरा ।

वैकल्पिक खेलाडी :

मनिषा चौधरी, सोभा रोकाया, सुधा धामी, पवित्रा धामी । व्यवस्थापक : दीनेश सिंह, प्रशिक्षक : जानकी भट्ट (हाम्रो खेलकुदबाट साभार)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय