१० जना बिद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग
शुक्रबार, पुष १०, २०७७ मा प्रकाशित

फरकसमाचार
बर्दिया, पुस १० / आफ्नो जन्म दिनको अवसरमा लम्सालले गरिब तथा जेहेन्दार १० जना विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग गरेका छन् । युवाहरु सामाजिक कार्यहरुमा सक्रिय हुदै गएका छन् ।

मधुवन नगरपालिका– ८ का समिप लम्सालले श्री गुराँस माध्यमिक बिद्यालयका बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहयोग गरेका छन् ।

सहयोग सामाग्री हस्तान्तरण गर्दै लम्सालले सहनसिलता, लगनशिलता, धैर्यता, परिश्रम र निरन्तरताले युवाहरुलाई सफलताको बाटो निर्धारण गर्न मदत गर्ने बताउनुभयो ।

जन्म दिनमा होटल,रेष्टुरेन्टमा भव्य पाटी गरेर फजुल खर्च गर्नु भन्दा गरिब, दुखि र असहायलाई सहयोग गर्नु राम्रो हो । शैक्षिक सामाग्री सहयोगले विद्यार्थी भाईबाहिनीहरुमा पढ्ने थप उर्जा प्राप्त हुने आशा व्यक्त गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय