ठाकुराद्वारालाई छोएन म्यारी क्रिसमसले
आइतबार, पुष १२, २०७७ मा प्रकाशित

पर्यटकिय क्षेत्र सुनसान

क्रिसमसमा वाह्य पाहुना विहिन ठाकुराद्धारा भएपनि गुड फ्राईडे, अंग्रजी नयाँ वर्ष मनाउँन, निकुञ्जमा जंगल सफारी गर्ने उदेश्य, निकुञ्जमा सजिलै बाघ देख्न पाउँने आशमा र होटल व्यबसायीले प्याकेजको घोषण गरेपछि त्यस्ता अवसर छोपेर पछिल्लो समय आन्तरिक पर्यटक आउँने ट्रेनले पाहुना आउँन थालेपछि व्यवसायी आशावादी भईरहेको पर्र्यटन व्यसायी बताउँछन् ।

फरकसमाचार संवाददाता
बर्दिया, पुस १२ / क्रिसमस नेपाली मितिले पुस १० प¥र्यो । क्रिसमस पश्चिमको गन्तव्य ठाकुरद्धारा पर्यटन व्यबसाय हर्ष उल्लासका साथ मनाए । तर बिगतका वर्षमा जस्तो वाह्य पाहुना क्रिसमस डेमा सरिक नहुँदा पर्यटन व्यवसायीले खल्लो माने । वाह्य पर्यटकको लागि नयाँ वर्ष पछि अफ सिजन भएपनि नयाँ वर्ष मनाउँनका लागि वाह्य पर्यटक बस्ने गर्छन । पर्यटक नहुदा क्रिसमसले ठाकुरद्धारा छुन नसकेको गैडा क्याम्प रिसोर्टका संचालक राम जी थापाले बताए ।

पर्यटकले खचाखच भरिने पश्चिम नेपालकै पर्यटकीय गन्तव्य बर्दिया राष्ट्रिय निकुञ्ज अहिले सुनसान छ । चैत ११ गते सरकारले लकडाउन सुरु गरेपछि वन्यजन्तु अवलोकन गर्न आउने स्वदेशी र विदेशी पर्यटकले आएका छैनन् । लकडाउनमा फसेका पर्यटकले ठाकुरद्धारा छाडिसकेको अर्का व्यबसायी शंकर भट्टराईले बताए ।‘गोरा देख्न नपाएको लामो समय भईसक्यो,’उनले भने ।

कोभिड—१९ महामारीका कारण पर्यटन व्यबसाय शून्य अवस्थामा पुगेको छ । पर्यटक आउन छाडेपछि पर्यटन उद्योग धराशायी बनेका छन् ।
अधिकांश होटल संचालकले बिदा दिएका कर्मचारीलाई बोलाएका छैनन । होटल वा रिसोर्टका ढोका बन्द जस्तै छन् ।अधिकांश कर्मचारीलाई घर बिदा दिईएको छ । ‘हामी होटल व्यवसायी त नराम्ररी धराशायी भयौं । पाँच महिनाको अवधिमा करिब ४० लाख रुपैयाँ बराबरको कारोबार हुन्थ्यो । लकडाउन पछि त कारोबार ठप्प हुँदा आम्दानी पनि शून्य छ,’थापाले दुखेसो गरे ।

कोरोना महामारी रोकथामका लागि गरिएको लकडाउनमा पर्यटन व्यवसायीलगायत धेरैको आय आर्जनको अवसर गुमेको उनले सुनाए ।,‘अब कहिले सम्म यस्तो अवस्था रहने हो,व्यबसायीमा अन्यौल छाएको छ । ‘हाम्रो व्यवसाय धरापमा पर्यो,’उनले भने । बैंकको ऋण छ । व्यापार छैन । बैंकले धमाधम ब्याजको ताकेता गरिरहेका छन् । कसरी ऋण तिर्ने हो मानसिक तनाव बढ्न थालेको सुनाए ।

करौडौ लगानीमा लगानीमा संचालन भएको २३ वटा रिसोर्टमा खुलेपनि वाह्य ग्राहक छैनन । पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै करोडौंको लगानीमा खुलेका होटल यतिखेर व्यवसायविहीनको अवस्थामा छन् । पर्यटन वर्षलाई मध्यनजर गर्दे होटल बिस्तार गरेका थिए । कोरोना महामारीले व्यबसायी पूर्ण रुपमा डुबेको थारु होमका सञ्चालक तथा पर्यापर्यटन विकास मञ्च बर्दियाका अध्यक्ष मोहनलाल चौधरी बताउँछन् ।
पर्यटन व्यवसाय चौपट भइरहँदा घरेलु उत्पादन खपत नहुन्दा किसान समेत निराश भएका छन् ।

पर्यटकको शून्य आवागमनले निकुञ्जको राजस्वसमेत प्रभावित बनेको छ । ठाकुरद्वारा क्षेत्रमा होटल व्यवसायमा संलग्न ५ सय जना कर्मचारीको रोजगारी गुमेको छ । व्यवसायीले निकुञ्जमा थपिएको दस्तुर घटाउनुपर्ने माग गरेका छन् ।

यसले पर्यटकलाई निकुञ्ज घुम्न आर्कषण गर्न सक्ने अध्यक्ष थारु बताउँछन् । तर गुड फ्राईडे, अंग्रजी नयाँ वर्ष मनाउँन, निकुन्जमा जंगल सफारी गर्ने उदेश्यले र निकुन्जमा सजिलै बाघ देख्न पाउँने र होटल व्यबसायीले प्याकेजको घोषण गरेपछि आन्तरिक पर्यटक आउँने ट्रेन्ड बढेपछि त्यस्ता अवसर छोपेर पछिल्लो समय पाहुन आउँन थालेपछि व्यवसायी आशावादी भईरहेको व्यसायी बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय