बुधबार, पुष १५, २०७७
मा प्रकाशित
0
Shares
रामप्रसाद चौहान
बर्दिया, पुस १५ / कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । ठाकुरबाबा नगरपालिका–९ की ८५ वर्षीय महिलाको मृत्यु भएको हो ।
गत आइतबार मृतक महिलामा कोरोना पोजेटिभ देखिएको थियो । गएराति उपचारको क्रममा मृत्यु भएको अस्पतालले पुष्टी गरेको हो ।
बर्दियामा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या १९ पुगेको जिल्ला स्वास्थ्य कार्यालयका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।
जिल्लामा संक्रमितको संख्या १ हजार ४ सय ५२ पुगेको छ ।
जसमध्ये ७१ जनामा कोरोना भाइरस सक्रिय रहेको छ । सक्रिय संक्रमितहरुको भेरी अस्पताल र जिल्लामा विभिन्न ठाउँमा उपचार भईरहेको छ ।