सर्वसाधरण गुनासो गर्छन्ः आन्दोलनले गर्दा सास्ती पायौं, अरु हामीले के पायौं र !
बुधबार, पुष १५, २०७७ मा प्रकाशित

बर्दिया, पुस १५ (फरक समाचार) माधव नेपाल र पुष्प कमल दाहाल पक्षधर नेकपाले सडकमा मंगलवार शक्ति प्रर्दशन गरे । त्यसको नेतृत्व प्रदेश सांसद तिलक शर्मा हिमाल र दिपेश चौधरीले नेतृत्व गरेका थिए ।

मधुवन नगरपालिकाका नगर प्रमुख कृष्ण केसी, बारबर्दिया नगर प्रमुख दुर्गा थारु लगायत नगर अध्यक्ष कोलराज पुरी लगायतले व्यानरका पछाडी कार्यकर्ता लागे । जिल्ला समन्वय समिति र बगियाबाट निस्केको जुलुशलाई पछि लगाए ।

गाउँ–गाउँ बाट कार्यकर्ता बोलाएर हिमाल र राजेशको नेतृत्वमा निस्केको एक झुण्डले प्रधानमन्त्री केपी ओली विरुद्ध चर्को नारा बाजी गरे । तर, जनताको समर्थनबाट चुनाव जितेका नेतृत्वले निकालेको जुलुश कारण सर्वसाधरण सास्ती भोग्नु परेको नेकपा नेतालाई वास्ता भएन । गुलरिया बजार बगियाबाट निस्केको जुलुशको कारण यातायात व्यबस्था अस्तव्यस्त बन्यो ।

त्यति मात्रै नभएर गुलरिया मुख्य चोक राधाकृष्ण विरोध सभालाई सम्बोधनका गर्ने क्रममा गन्तव्य हिँडेका यात्रु अलपत्र परे । पुस ५ गते प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेपछि जबरजस्त तरिकाले गरिने प्रदर्शन सर्वसाधरण मर्कामा परेका छन् । सोमवार कांग्रेसले गरेको प्रदर्शनमा पनि सर्वसाधरण मर्कामा परे, जसको नेतृत्व नेपाली काँग्रेस बर्दियाका सभापति संजय गौतमले गरेका थिए ।

जसपा र राप्रपाले निकालेको जुलशले पनि यातायात व्यबस्था अस्तव्यस्त बनेको थियो । दिन दिनै निकालिन जुलुशका कारण समस्या परिररहेको मालपोत कार्यालयका सेवाग्राही मुकेश थारुले बताए । ‘पार्टीले गरेको प्रर्दशनले सत्ता पाउँला’उनले भने,‘ आन्दोलन सास्ती पायौं,अरु हामीले के पायौ र ।’

पुस पाँच गते प्रधानमन्त्रीले संसद बिघटन पछि दिन दिनै जिल्लाको जेठा नगरपालिकामा आन्दोलन गरिहेका छन् । जिल्लाका नेताको नेतृत्वमा निस्कने जलुशको कारण दुःख पाईरहेको सर्वसाधरण गुनासो गर्छन् । प्रदर्शनका कारण हुने यातायात व्यबस्था अवरोध हटाउँन पर्ने स्थानीयको माग छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय