कोभिड प्रभावित विपन्न परिवारका ४८ जना लाभान्वित
दलबहादुर सुनार
बर्दिया, पुस १७ / कालिका सामुदायिक पुस्तकालयद्धारा न्यानो कपडा बितरण गरिएको छ । बितरण गरिएको न्यानो कपडाबाट कोभिड–१९ प्रभावित बिपन्न परिवारका ४८ जना लाभान्वित भएका हुन ।
कालिका सामुदायिक पुस्ताकालय तथा स्रोत केन्द्र बढैयाताल–८ स्याउलीबजारले ट्याग परियोजनाको सहयोगमा बिहिवार न्यानो कपडा बितरण गरिएको हो ।
कोभिड–१९ को कारणबाट प्रभावित बढैयाताल गाउँपालिका–७, ८ र ९ का अतिविपन्न परिवारका ७ वर्ष भन्दा मुनिका १० बालबालिका र ६० वर्ष भन्दा माथिका ३८ जना जेष्ठ नागरिक गरि जम्मा ४८ जनालाई उक्त राहत स्वरुप न्यानो कपडा बितरण गरिएको पुस्तकालयले जनाएको छ ।
रिड नेपालको सहयोगमा संचालित ट्याग परियोजना अन्तर्गत स्थापना गरिएको कोभिड–१९, आपतकालीन कोषमा बढैयाताल गाउँपालिका–८ को कार्यालय, विद्याज्योति नमुना माध्यामिक विद्यालय, कण्ठपुर, सानाकिसान कृषि सहकारी संस्था लिमिटेड.कालिका, कालिका बचत तथा ऋण सहकारी संस्था लिमिटेड, र दीपलगन महिला बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको पनि सहकार्य रहेको जनाईएको छ ।
बढैयाताल गाउँपालिका उपाध्यक्ष दिपाकुमारी गौतमको प्रमुख आतिथ्यतामा र पुस्ताकालयकी बालकक्ष संयोजक पवित्रा अर्यालको अध्यक्षतामा भएको बितरण कार्यक्रममा बढैयाताल गाउँ पालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदी, बढैयाताल ८ का अध्यक्ष सुन्दरमान श्रेष्ठ, पुस्ताकालयका सल्लाहकार टुकराज घिमिरे , स्थानिय बिद्यालयका प्रध्यानाध्यापक, कालिका प्रहरी चौकीका ईन्चार्ज, स्थानिय समाजसेबि, जनप्रतिनिधि लगायत पुस्ताकालयका कर्मचारीहरुको उपस्थितिमा उक्त राहतको कपडा बितरण गरिएको छ ।
राहत बितरण कार्यक्रमका वक्ताहरुले परियोजना क्षेत्रका बिपन्न परिवारका बाल बालिका र जेष्ठ नागरिकको पहिचान गरि कोभिड–१९ बाट प्रभावित भएका र प्रभावित हुनसक्ने विपन्न परिवारहरुलाई जाडोका न्यानो लुगा वितरण गर्नु उल्लेखनिय काम भएको बताउदै यो कोषलाई निरन्तरता दिनु पर्नेमा जोड दिएका थिए ।
पुस्ताकालयका अध्यक्ष सुशील चौधरीले आपतकालीन कोष परियोजनाको सहयोगमा स्थापना भएतापनि कोषमा स्थानिय बिद्यालय, स्थानिय सहकारी संघसस्थाको पनि योगदान रहेको बताउदै कोषलाई अझ ब्यबस्थित बनाई स्थानिय सरकार र संघसस्थाहरुको समन्वय तथा सहकार्यमा बिपन्न परिवारका लागि सहयोगका कार्यक्रम निरन्तर जारी राख्ने बताए ।