ज्ञानेन्द्र पोखे्रल
बर्दिया, पुस १७ / साना किसान कृषि सहकारी संस्था लि.मैनापोखरले १८ औं वार्षिक साधारण सभाको अवसरमा उत्कृष्ट किसान र शेयर सदस्य परिवारका एसइइमा उत्कष्ट अंक ल्याउने विद्याथीलाई सम्मानित गरेको छ ।
कोरोना भाईरसको प्रभावलाई मध्यनजर गर्दै विगत १५ दिन देखी प्रत्येक साविक वडाहरुका समुहबाट थालनी गरिएको साधारण सभामा तोकिएका समुहका प्रतिनिधिहरु मात्र आमन्त्रण गरि सानो उपस्थितीमा साधारण सभाको समापन कार्यक्रम गरिएको थियो ।
यस बढैयाताल गाउँ पालिकाको सफल सहकारीको सुचिमा रहेको सहकारीले यस १६ लाख भन्दा बढी ऋण लगानी गरी वर्ष कुल १ करोड ५१ लाख २५ हजार नाफा आर्जन गरेको थियो । यस साधारण सभामा बोल्ने अतिथिहरुले सहकारी नाफा मुखी नभई शेयर सदस्यहरुको जिवनस्तर उकास्ने क्रियाकलापमा लाग्नु पर्ने कुरामा जोड दिएका थिए । शेयर सदस्यहरुले पनि संस्थाबाट लिएको ऋण उचित ठाउँमा लगानी लगाई आय आर्जन गर्न सफल हुनुपर्ने कुरामा जोड दिएका थिए । भने यस संस्थाकाले शेयर सदस्यका परिवार भित्रका यस वर्षको एसइइमा उत्कृष्ट अंक ल्याउने तिन जना विद्यार्थीलाई सम्मान गरिएको थियो भने उत्कृष्ट कृषकहरुलाई समेत सम्मान गरिएको थियो । यस सहकारीमा १८ सय भन्दा बढी शेयर सदस्यहरु हरेका छन् । संस्थाको कुल पुजी ३२ करोड ६९ लाख १९ हजार ४ सय ४० रहेको छ ।
संस्थाका अध्यक्ष विष्णु लम्सालको सभापतित्वमा भएको कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य कविराम थारु, भुनेश्वर चौधरी, बढैयाताल गाउँपालिका अध्यक्ष लाल बहादुर श्रेष्ठ, उद्योग वाणिज्य संघ बढैयातालका अध्यक्ष बालकृष्ण लामिछाने, शारदा क्याम्पसका अध्यक्ष पे्रमराज त्रिपाठी, बजार समिति मैनापोखरका अध्यक्ष टिकाराम कोइराला लगायतका अतिथिहरु उपस्थित रहेका थिए । संस्थाका अध्यक्ष लम्सालले यस संस्थाको प्रगति प्रतिवेदन तथा आगामी वर्षका प्रस्तावित कार्यक्रमहरु प्रस्तुत गरेका थिए । वित्तिय प्रतिवेदन संस्थाका मुख्य प्रबन्धक माया पोखे्रलले गरेकी थिईन् ।