उप–प्रमुख गिरीले भनिन, ‘जो धेरै नाच्छ, उही धेरै बाँच्छ।’
बर्दिया,पुस १८ (फरक समाचार) स्वस्थ्य समाज निर्माणका लागि शारिरिक अभ्यास निकै जरुरी रहेको औल्याउँदै गुलरियामा महिला लक्षित गरि शुक्रवार देखि संचालन आएको फिटनेश स्टेशन उदघाट्न गर्ने क्रममा गुलरिया नगरपालिका उप नगर प्रमुख शुशिला गिरीले भनिन, ‘जो धेरै नाच्छ, उही धेरै बाँच्छ ।’ ‘जसले गर्दा शारिरिक सुसंगठित गरी अनुशासन मैत्री समाज निर्माण गर्न उदेश्यले संचालनमा आएको फिटनेश र डान्स क्लवले महिला शशत्तिकरण टेवा पुग्नेछ ।’
विशुद्ध मनोरञ्जनका लागि प्रयोग गरिने गीत–संगीत अहिले शहर–बजारमा स्वस्थ रहने शारीरिक अभ्यासका लागि प्रयोग हुन थालेका उल्लेख गर्दे फिटनेश संचालकको विस्तार र प्रगतिको कामना सहित उप प्रमुख गिरी सफलता शुभकामना सहित धारण राखिन ।
‘जुम्बा डान्स’ यस्तै लोकप्रिय शरिर सुसंगठित गर्न कडि भएकोे उनको भनाई छ । शहरियाहरू गीतको रमाइलोमा नाच्दै आफ्नो स्वास्थ्य राम्रो बनाउने कोसिस यस क्लवले गुलरियामा गरिएको उनले प्रशंसा गरिन । सन् १९९० को दशकमा कोलम्बियाली कोरियोग्राफर तथा साइक्लिस्ट अल्बेर्टो बेटो पेरेजले जुम्बा डान्स सुरु गरेका हुन् । अहिले यसबाट असंख्य मानिसले लाभ लिइरहेका पुष्टि भएको छ ।
एकै साथ जुम्बाको उद्घाटन गुलरिया नगरपालिका प्रमुख प्रशासकिय अधिकृत धर्मराज न्यौपानेले गरेका छन् । उदघाटन गर्ने क्रममा अधिकृत न्यौपानेले जुम्बाको विषयमा जानकारी लिएका थिए । टेलिभिज र यूटुवमै हेरेर जुम्बा डान्स गर्न पर्ने वाध्यतालाई फिटनेश क्लवको अग्रसरताले प्रयोगात्मक र व्यवहारिक ज्ञान लिन गुलरियाका नगरवासीले अवसर पाउँने प्रमुख प्रशासकिय अधिकृत न्यौपानेको भनाई छ । गुलरिया पुरानो मालपोत कार्यालयको निवासमा संचालना ल्याईएको जुम्बाः डान्स र फिटनेशका आधुनिक उपकरण चडान गरिएको छ । फिटनेश महिला मैत्री बनाईएको छ ।फिटनेश गर्नका लागि विहान ४ वजे र वेलुकाको टाईम टेवल तोकिएको छ । जुम्वामा डे क्लाश पनि हुने क्लवका प्रशिक्षक उपेन्द्र भण्डारीले जानकारी दिए ।
पहिले—पहिले जुम्बालाई नृत्यका रूपमा मात्रै बुझिन्थ्यो। तर, अहिले यो खास गरी शहरिया महिलाबीच लोकप्रिय भएको छ। आफ्नो तौल ठीक राख्न र फिट रहन उनीहरू जुम्बामा भर परेका छन्। शारीरिक अभ्यास गर्न झन्झट मान्नेहरू समेत अहिले जुम्बा डान्स नियमित गर्न थालेका क्लव संचालक शुशिला रेग्मीले बताईन । नेपाली, हिन्दी र अंग्रेजी गीतहरू ’रिमिक्स’ गरी कहिले तीव्र त कहिले सुस्त गतिमा बजाउँदै जुम्बा गराइने भएपछि धेरैले संगीतको आनन्दसँगै आफ्नो शरीरलाई चुस्त–दुरुस्त वने यसतर्फ आर्कषण बढ्ने रेग्मीले वताईन ।
विश्वभर लोकप्रिय रहेको जुम्बा डान्स नेपालका शहरी क्षेत्रका बासिन्दाका लागि जीवनशैलीको एउटा अंग बनिसकेको गुलरियामा क्लव आवश्यक्ता वा माग अनुसार संचालनमा आएको उनको भनाई छ ।
उनका अनुसार जुम्बा फिटनेस लगभग एक घण्टाको अभ्यास हो ।विहान र वेलुकाको टाईम टेवल तोकिएको छ । यो अभ्यास जुम्बा फिटनेसका लागि तालिम प्राप्त प्रशिक्षक छन् । एउटा जुम्बा कक्षामा एक जना मान्छेले करिब छ सय क्यालोरी शक्ति खर्च गर्ने बताइन्छ । विश्वका करिब १ सय ८५ देशमा जुम्बा अभ्यास लोकप्रिय बनेको उनले जानकारी दिईन ।