फरकसमाचार पत्रिकाको कार्यालयबाट साईकल चोरी प्रकरण
बुधबार, पुष २२, २०७७ मा प्रकाशित

छिन भरमै प्रहरीले साईकल फेलापारेपछि ………

बर्दिया, पुस २२ (फरकसमाचार) सोमवार राती ९ बजे । हेल्लो ! एसपि साहव । जवाफ फर्काउन एक कल मै एसपि केदार रजौरेको फोन उठ्छ ।

फरकसमाचार कार्यालयबाट आएको फोनको शुरुकै संबादमा कार्यालयबाट भर्खरै साईकल चोरी भएकोे एसपि साहवले खबर प्राप्त गर्छन् ।

जवाफ फर्काउदै एसपि भन्छन्,‘ प्रहरीलाई चोर कतातिर भागेको हुनसक्छ लोकेशन दिनुहोला प्रहरी पठाईहाले ।’ बगलामुखी मन्दिर नजिक मिनट नवित्दै  फरकसमाचार पत्रिकाको कार्यालयमा प्रहरी पुग्छन् । सिसि क्यामेरामा फुटेज हेर्छन । अनुसन्धान गर्छन ।

एसपि साहवको निर्देशनमा चोर समात्न खटिएका ईन्टिलिजेन्सका प्रहरी नायव निरीक्षक डेनि बहादुर स्वार, सशस्त्र प्रहरी सेना मुखका प्रहरी सहायक निरीक्षक देवेन्द्र थापा र प्रहरी जवान कमल थापाको टोली चोर भन्दा एक कदम अघि हुन्छन् ।

जिल्ला प्रहरी कार्यालयबाट साधा पोशाकमा परिचालित प्रहरी गुलरियाका सम्पुर्ण नाका प्रहरी तैनाथ हुन्छन् । केहि प्रहरी मोटरसाईकलमा तत्काल मुभ हुन्छन् । परिचालित प्रहरीले चोरी भएको साईकल फेला पार्छ । वन कार्यालय नजिकबाट चोर साईकल छाडेर चोर फरार हुन्छ । पछिल्ला चोरी प्रकरण खुल्ने सक्ने किसिमका तथ्य प्रहरीले फेला पारेको दावी गर्छ । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट चोरी सम्बन्धि धेरै खुल्न सक्ने सम्भावना बढेकोे छ ।

हिन्दीमा एउटा उक्ति जस्तै,‘आख झिपकतेहि माल गायव’ चोरले त्यस्तै उक्ति चोरले घटाएको घटनामा चरितार्थ गरेकोे फरकसमाचार संबाददता राम प्रसाद चौहानले बताए । ८ वजे समाचार सामाग्रीको प्लेट बोकेर ओम शान्ति प्रेसमा जाने मेरो दिन चर्या हो ।

सोमवार सधैको दिन चर्यालाई दोहोराउँदै फरक समाचार राष्ट्रिय दैनिक पत्रिका छापेर कार्यालय पुगेर पत्रिका कार्यालयमा छोड्न लागेको थिए । कार्यालयमा सिसि क्यामेरा जडान भएकाले त्यसरी साईकल हराउँला कल्पना गरेको थिएन । विडम्बना त्यस दिन सिसि क्यामेराको फुटेज कैद भएन ।  मंगलवार वितरण हुने पत्रिका राख्ने क्रममा वाहिर खित्रिक आवाज आयो । आवाज आएसँगै बाहिर निस्केको मैले साईकल देखिन । त्यतिकैमा मेरो दाजु भनौ वा पत्रकार निर्मल घिमिरेलाई साईकल हराएको सूचना दिए । दाईले तत्काल प्रहरी प्रमुख केदार रजौरेसरलाई फोन गर्नु भयो । जिल्ला प्रहरी कार्यालय क्वीक रेपोरेन्स टिम फरक समाचारको कार्यालय आईपुगे । सूचना संकलन पश्यात फिल्डमा खटिएको प्रहरीले वेवारिसे अवस्थामा साईकल वरामद ग¥यो  । चोरी गर्न सक्ने त्यस्ता व्यक्तिहरुको प्रहरीसँग लिस्ट थियो ।

प्रहरीको रेपोन्स जिल्लावासीका लागि प्रशंसनिय भएको उनले सुनाए । ‘म एउटा मधेशी रिपार्टर हुँ’उनले भने,‘सफल पत्रकार बन्नका लागि यतिखेर मैले सडकमा संघर्ष गरिरहेको छु । ’छिन भरमै साईकल चोरी हुदा मेरा आखाबाट बलिनधार आसु बगेको उनले सुनाए । ‘पत्रकार काम सधै गुमाउँछन् भने जस्तै चार वर्ष परिश्रम गरेर मैले किनेको साईकल चोरी हुदा बिक्षप्त भए’उनले भने,‘प्रहरीको सक्रियताले मेरा आसु खुसीकोे परिणत भयो ।’जिल्ला प्रहरी कार्यालय कार्यरत राष्ट्रसेवक कर्मचारीप्रति अन्तरमनले सलाम गर्न चाहेको चौहानले सुनाए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय