‘स्थानिय व्यवसाय कर महङ्गो भएको गुनासो ’
ज्ञानेन्द्र पोख्रेल
बर्दिया, पुस २३ / नेपाल सरकारले पाँच लाख सम्म पुजी भएको प्राइभेट फर्म दर्ताको जिम्मेवारी स्थानिय निकायलाई दिएपछि बढैयाताल गाउँपालिकामा व्यवसाय दर्ता गर्नेको घुइचो लाग्न थालेको छ ।
यस नियम लागु भए पश्चात हालसम्म यस पालिकामा २ सय ६९ भन्दा बढि फर्म दर्ता भएका छन् । दर्ता हुने क्रमजारी रहेको बढैयाताल गाउँपालिका व्यवसाय दर्ता फाँटका कर्मचारी रमेश डाँगी बताउछन् ।
हालै मात्र यस गाउँपालिकाले कर्मचारी खटाई बजारका प्रत्येक व्यवसायीहरुलाई स्थानिय व्यवसाय कर तिर्न र व्यवसाय दर्ता गर्न यहि पुस मसान्त सम्मको समय सिमा दिएको थियो ।
यहि पुस २१ गते बढैयाताल गाउँपालिका स्तरीय राजस्व परामर्श समितिको बैठक बसेको थियो । यस बैठकमा स्थानिय कर महङ्गो भएको र कर बुझाउने म्याद पुस मसान्तसम्म तोकिएकोमा स्थानिय व्यवसायीहरु मर्कामा परेका छन् ।
व्यवसायीहरु धेरै ठाउँ कर तिर्नुपर्दा यस स्थानिय व्यवसाय कर महङ्गो भएको र उक्त करको दर परिमाजित हुनु पर्ने कुरामा जोड दिएका थिए । भने कोरोना भाईरसको कारण व्यवसाय धरासायी भएको अवस्थामाा व्यवसायीको मर्का नबुझि हचुवाको भरमा व्यवसाय कर लाद्ने कार्य प्रति व्यवसायीहरु रुष्ट बनेका छन् ।
यस सम्बन्धमा बढैयाताल उद्योग वाणिज्य संघका संयोजक बालकृष्ण लामिछाने भन्नुहुन्छ । ‘कर तिर्नु व्यवसायीको दायित्व हो ’ तर व्यवसायी र बढैयाताल गाउँपालिका बिच छलफल भई व्यवसायीको तर्फबाट दर रेटमा पेश गरिएको करको दर नआई त्यो भन्दा फरक आएकोमा व्यवसायीको आपती रहेको छ ।
स्थानिय सरकारले व्यवसायीको भावना नबुझेकोमा व्यवसायीहरुको विरोध हुनु स्वभाविक रहेको समेत अध्यक्ष लामिछानेले बताए । यस सम्बन्धमा बढैयाताल गाउँपालिका स्तरीय राजस्व परामर्श समितिका संयोजक दिपा कुमारी गौतमलाई कुरा राख्दा केही कुराहरुमा व्यवसायीहरुसंग छलफल भएको र आफु पनि केही कुरामा अनविज्ञ रहेको बताईन् ।