पाठेघरको मुखको क्यान्सर परीक्षण निशुल्क शिविर संचालन
बिहिबार, पुष २३, २०७७ मा प्रकाशित

बर्दिया, पुस २३ / ९ नम्बर वडा कार्यालयले महिलाहरुको पाठेघर निशुल्क चेकजाँच गर्ने शिविर संचालन गरेको छ ।

महिलाहरुले पाठेघर सम्बन्धी तथा यौन रोग नलुकाउ वडा अध्यक्ष हरी प्रसाद पासीले आग्रह गरे । गुलरिया नगरपालिका–९ ले महिलाहरुमा हुने पाठेघरको मुखको क्यान्सर परीक्षणमा स्वास्थ्य चौकी सम्म आएर निशुल्क चेक गराउन सकिने समेत बताएका थिए ।

कार्यक्रममा बोल्दै नगर उप–प्रमुख सुशीला गिरीले पाठेघर सम्बन्धी रोग नलुकाएर समयमै उपचार गर्न अनुरोध गरेकी थिईन् ।

गुलरिया नगरपालिका प्रमुख प्रशासकिय अधिकृत धर्मराज न्यौपानेले पाठेघर सम्बन्धी रोग कम उमेरका बालिकामा पनि लाग्न सक्ने बताए । उपस्थित महिलाहरुलाई नियमित परीक्षण गर्न आग्रह समेत गरेका थिए ।

गुलरिया नगरपालिका वडा नं. ९ वडा कार्यालयको आर्थिक सहयोग र परिवार नियोजन संघ बर्दियाको प्राविधिक सहयोगमा शिविर संचालन भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय