अध्यक्ष बानियाले ४० हजार घुस खाएको आरोप
शुक्रबार, पुष २४, २०७७ मा प्रकाशित

बर्दिया, पुस २४ (फरकसमाचार) / गुलरिया नगरपालिका कार्यालयका ८ नम्बरका वडा अध्यक्ष धमेन्द्र बानियाले घुस खाएको आरोपमा उजुरी परेको छ ।

केश मिलाउँनका लागि सेवाग्राहीसँग ४० हजार घुस खाएको जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको हो ।

आफ्नै वडामा वैवाहि केशका लागि ४० हजार घुस लिएको बताईएको छ । केश मिलाईदिने प्रलोभन पारेर रकम लिएको भन्दै जिल्ला प्रहरी कार्यालयमा छलफल भईरहेको छ ।

घुस लिएको निवेदन परेपछि छानविन गरिरहेको प्रहरी उपरीक्षक केदार रजौरेले बताए । उनका अनुसार उजुरी कर्ता र अध्यक्ष बिच छलफल भईरहेको छ । आफुलाई लगाईएको आरोप निराधार भएको अध्यक्ष बानियाको दाबी छ ।

‘यँहा षड्यन्त्र गरेर बदनाम गर्न खोजिएको छ,’उनले भने,‘यस्ता निराधार कुराले गर्दा अनावश्यक मलाई छलफलका लागि प्रहरी कार्यालय बोलाउँदा टर्चर भईरहेको छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय