अवैध सामानसहित अटो रिक्सा पक्राउ
शुक्रबार, पुष २४, २०७७ मा प्रकाशित

फरकसमाचार संवाददाता
बर्दिया, पुुुस २४ / अवैध सामान ओसार पसारमा संलग्न अटो रिक्सासहित सामान सशस्त्र प्रहरीले बरामद गरेको छ ।

राजापुर नगरपालिका–१ मुर्गहवाघाट स्थित कर्णाली नदिको किनारमा लुकाई–छिपाई राखेको सिसौ जातको काठ बरामद भएको छ । सशस्त्र प्रहरीका अनुसार ११ क्यु.फिट काठ मुल्य रु.१६ हजार ५ सय बराबरको छ । बरामद काठ कार्बाहीको लागि सम्बन्धित कार्यालयमा सशस्त्र प्रहरीले बुझाईएको छ ।

त्यसैगरी प्याज, नुन, सुर्ती , चिनी तथा अवैध सामान ओसार–पसार कार्यमा संलग्न भे.१.ह २७५९ नम्बरको अटो सहित अटोपाट्स बरामद भएको छ । सशस्त्र प्रहरीका अनुसार बरामद सामानको मुल्य रु. ३ लाख ११ हजार १ सय ६० रहेको छ । बरामद गरिएको सामान भन्सार कार्यालयमा बुझाउने प्रकृयामा रहेको सशस्त्र प्रहरी उपरीक्षक नर बहादुर रावतले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय