फरकसमाचार
बर्दिया, पुस २६ / उन्मुख युवा समाज गुलरियाको आयोजनामा अण्डर नाइन्टिन फोकस्ड कप शनिबार देखि भएको छ ।
गुलरिया नगरपालिको सहयोगमा खेल शुरु भएको आयोजकले जानकारी दिएको छ । खेल नक आउटको आधारमा खेलाईएको उन्मुख युवा समाजका अध्यक्ष हिमांसु पोखरेलले बताए ।
शनिबार भएको दुई चरणको खेलमा पहिलो खेलमा गुलरिया स्टार र थन्डर बोल्ट टिम बिच भएको थियो । जसमा थन्डर बोल्ट दुई बिकेटले गुलरिया स्टार टिमसंग पराजित भएको थियो । त्यसैगरी दोस्रो खेलमा गुलरिया वारियर र गुलरिया सुपर स्ट्राइकर टिम बिच भएको खेलमा गुलरिया सुपर स्ट्राइकरले एक सय रनको लक्ष्य दिएको थियो ।
गुलरिया वारियरले एक सय रनलाई पछ्याउदै ९१ रनमा अल आउट भई ९ रनले पराजित भएको थियो । बिजेता टिम गुलरिया स्टार र गुलरिया सुपर स्ट्राइकर बिच आज खेल भईरहेको अध्यक्ष पोखरेलले बताए ।