बुधबार, पुष २९, २०७७
मा प्रकाशित
0
Shares
फरकसमाचार संवाददाता
बर्दिया, पुस २९ / सशस्त्र प्रहरीले भारतबाट भन्सार छली ल्याउदै गरेको अवैध मालसामान बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल ३१ नम्बर गणको विभिन्न युनिटबाट खटिएको प्रहरी टोलीले अवैध सामान पक्राउ गरेका हुन् । सशस्त्र प्रहरीका अनुसार बरामद अवैध सामानको मुल्य रु ९१ हजार ८ सय ८० बराबरको छ ।
बरामद मालसामान कारवाहीको लागि भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी उपरीक्षक नर बहादुर रावतले जानकारी दिए ।