बाँके, माघ ६ – बाँकेमा मंगलबार बिहान थप १ जना संक्रमित पुरुषको मृत्यु भएको छ। योसंगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५१ पुगेको छ ।
नेपालगंज-१ धम्बोजी निवासी ४९ वर्षीय संक्रमित पुरुषको भेरी अस्पताल नेपालगंजमा भर्ना गरेको १० मिनेटपछी उपचारका क्रममा मृत्यु भएको बाँकेका कोरोना फोकल पसन तेज वलीले जानकारी दिनुभयो ।
फोकल पर्सन वलीका अनुसार निजलाई स्वास्थ्यमा समस्या आएपछि कोरोना आंशकामा गरिएको पिसिआर परिक्षणमा पुस २८ गते आएको रिपोर्टमा कोरोना पुष्टी भएको थियो कोरोना पुष्टी भएपश्चात पछी निजको स्वास्थ्य अवस्था सामान्य रहेकोले परिवार स्रोतले जानकरी दिएको हुनाले होम आइसोलेसनमा उपचाररत हुनुहुन्थ्यो ।
आज बिहान निज एक्कासि बेहोस भएपश्चात भेरी अस्पताल नेपालगंजको कोभिड वार्डमा ६ बजे भर्ना गरि रोगको प्रकृति अनुसार सम्पूर्ण बिधिबाट उपचार गर्दा समेत स्वास्थ्य अवास्थ झन बिग्रिदै गएपछि बिहान ६ बजेर १० मिनेटमा मृत्यु भएको अस्पताल स्रोतले पुष्टी गरेको हो ।
हाल जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र बाँके, नेपाली सेना र पारिवारिक पक्षबाट शव व्यवस्थापनका लागि समन्वय भइरहेको छ ।हाम्रो पुस्ताबाट साभार