माकुरोको जालो जस्तो बर्दिया मालपोतको सेवा
शुक्रबार, माघ ०९, २०७७ मा प्रकाशित

मालपोत कार्यालय पुग्ने सेवा ग्राहीलाई कर्मचारीले विभिन्न बहाना देखाएर काम अड्काएपछि विचौलियाले फाईलमा अतिरिक्त रकम राखेर काम गर्ने शैलीले खुलमखुल्ला तरिकाबाट कार्यालयमा लेनदेन हुने गरेकोे सेवाग्राहीको गुनासो छ ।

बर्दिया, माघ ९ (फरकसमाचार) / मालपोत कार्यालय, बर्दियालाई सेवाग्राही मैत्री बनाउँन करोड खर्च गरेर आलिसान महल खडा गरेको छ । राष्ट्र सेवक कर्मचारीका काम गर्ने वातावरण बनाउँनका लागि कोठा सुबिधा सम्पन्न देखिन्छ । राष्ट्र सेवकले कर्म गर्ने अलिशान महलमा भने भित्ता–भित्तामा जालो लागेको छ । घरमा जालो लाग्यो भने त्यस घरमा अलच्छिन लागेको भन्ने चलन छ ।

घर मालिकले जालो देख्ने बित्तिकै सफा गर्छ । त्यस्तै गरी सरकारी कार्यालयमा सरसफाई र सेवा चुस्त दुस्त राख्ने सरकारले राष्ट्र सेवक कर्मचारी निर्देशित गरेको छ ।

निजी घरमा जालो लाग्यो भने मालिक बिहिन घर भएको भन्ने बुझिन्छ । त्यस्तै गरी उक्त कार्यालयमा कर्मचारीसँग यस्ता प्रश्न ठोकिन्छन् । सरकारी कार्यालयमा यस्ता फोहोर सरसफाई गर्ने कर्मचारी नै हुन्छ । जसले कार्यालयको सरसफाई गर्ने र अन्य पदिय दायित्वका कर्मचारी कर्तव्य निष्ठ भएर सेवाग्राही काम गर्ने गर्छन् । तर मालपोत कार्यालय बर्दियाको हकमा भने सरकारले निर्देशित गरेका कुनै नियम लागु हुदैन । कार्यालयले कुनै नियमको पर्वाहा नगर्दा के सेवा ग्राहीले अत्यावश्यक सेवा पाएका छन् भन्ने विषय चासो विषय बनेको छ ।

मालपोतका कार्यालयमा फरकसमाचार संवाददाता स्थलगत अनुगमनका लागि पुग्दा सेवाग्राही निराश र मलिन मुन्द्रामा भेटिए । अधिकांशले भने सर हाम्रो त काम नै भाछैन हप्ता दिन बित्यो । कार्यालय कर्मचारी सोध्दा मन्टो फर्काउछन् । हामीलाई साह्रै दुःख भयो । यस्ता कुरा सुन्दा हैरान संचारकर्मी कार्यालयको कोठा–कोठा डुल्छ ।

कार्यालयका प्रमुख देखि अन्य फाँटका कर्मचारीको ढोका खुलै हुन्छ । तर कर्मचारी बिहिन यो दृश्य मालपोत कार्यालय बर्दियाको हो । मालपोत कार्यालयमा माकुराको जालो लागेको जस्तो सेवा पाईरहेको पदनाहाका सेवाग्राही सन्तोष रेग्मीले बताए ।

‘म यस कार्यालयबाट सहज सेवा नपाएको भुक्तभोगि हु,’उनले भने,‘कार्यालयमा लागेको माकुरोको जालो जस्तो सेवा ग्राही दिनभरी फनफनि घुमेर घर फर्किन्छ, काम कहिल्य बन्ने हो टुङ्गो हुदैन ।’

अधिकांश कर्मचारी कार्यालय समय भित्र कार्यालय नपुग्ने अर्को कमजोरी भएको सेवा ग्राही बताउँछन् ।‘गाउँबाट आउँने सेवाग्राहीलाई विभिन्न बहाना बनाएर दिन भरी घुमाई राख्ने प्रबृति बढेको अर्का सेवा ग्राही आरोप लगाए । कार्यालय प्रमुख भिम बहादुर खत्रीका पुग्ने सेवाग्राहीलाई बिभिन्न कारण देखाएर हुन्न भनेपछि सेवाग्राही रनभुल्लमा पर्ने गरेको उनी बताउँछन् । ‘कर्मचारीले हुन्न भनेको कामलाई हाकिमले हुन्न भनेपछि हामी के गर्ने नगर्ने अवस्थामा कार्यालय धाउन परेको छ ’ सेवाग्राही भन्छन् ।

जिल्लाको ठूलो क्षेत्रफलमा बस्ने स्थानीयलाई दिईन मालपोत कार्यालयको अवस्था हो यो । एक दुई जना कर्मचारीका कारण सरकारी कार्यालयले दिने सेवा चुस्त र दुरुस्त नहुँदा लाखौ सेवा ग्राही मर्कामा परेका छन् । कार्यालय सेवा दिन सरकारले खर्च गरेको अर्बो रुपैया वालुवामा पानी खनाए सरह भएको छ । जेनेटर नभएको, संसोधन गर्ने बहाना, र खाजा खाने टाईमको अनिश्चिता बढ्दा सेवा ग्राहीले दुःख पाईरहदा पनि सम्बन्धित निकाय मौन बसेको सेवाग्राही गुनासो गर्छन् ।

कार्यालय सरसफाईको बारेमा फरकसमाचार संबादाताको प्रश्नमा कार्यालय प्रमुख भिम बहादुर खत्रीले काठमाडौमा आएका कारण त्यस्तो अवस्था बारेमा बुझ्ने बताए । कार्यालयमा सेवा ग्राहीलाई सहज पार्न ७५ प्रतिशत काम गरेको दाबी गरे । कार्यालय भित्रको फोहरको सम्बन्धमा खाने पानीको पाईप जडान नगर्दा समस्या भईरहेको उनको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय