राम प्रसाद चौहान
बर्दिया, माघ १९ / टाँगा संचालन गराउँन टाँगा युनियन समितिले आइतबार प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ ।
ज्ञापन पत्र बुभ्mर्दै प्रमुख जिल्ला अधिकारीले टाँगा युनियनको मागलाई सम्बोधन गर्न तत्काल सरकारको ध्यानाकर्षण गराउने बताए ।
कोरोना भाइरसका कारण गत चैत्र ११ गते लकडाउन भए देखि हालसम्म टाँगा आवागमन ठप्प छ । सरकारले ३० वटा नाका औपचारिक रुपमा आवत जावत गर्नको लागि खोलेको छ जसमा गुलरियाको सुरजपुर नाका परेको छ । सरकारले नाका संचालनमा ल्याएकोमा हामी खुसी छौं । सरकारलाई हामीले धन्यवाद दिनुपर्छ तर टाँगा संचालन गर्न नपाउने कुराले हामी दुखी छौं टाँगा युनियन समिति गुलरियाका अध्यक्ष रहिस अहमद सिद्धिकीले बताए ।
गुलरिया, मुर्तिहा सडकखण्डमा ४२ टाँगा चल्ने र लकडाउन भए देखि हाम्रो रोजगार बन्द रहेको बताए ।
टाँगा व्यवसायमा आबद्ध रहेको ४२ वटा टाँगा व्यवसायी तिनीहरुका घरपरिवार संख्या ४ सय २० जनाको जिविकोपार्जनमा समस्या रहेको टाँगा युनियनका सचिव हनिफ सैयदले बताए ।
हाम्रो मुख्य पेशा भनेको टाँगा चलाउनु हो । अहिले सम्म टाँगा बन्द रहदा हामी निकै समस्याको समाना गर्नु परेको टाँगा व्यवसायीहरुले बताए ।
गुलरिया देखि मुर्तिहा टाँगा चलाएर जिविकोपार्जन गर्ने टाँगा व्यवसायीहरुको यतिखेर आम्दानी ठप्प छ ।
हाम्रो अर्को कुनै आम्दानीको स्रोत छैन । सरकारले हाम्रो मागलाई सम्बोधन गरे हामी आप्mनो जिविकोपार्जनलाई सहज बनाउने टाँगा युनियनका उपाध्यक्ष विकि राइनले सुनाए ।
गुलरिया देखि मुर्तिहा सात किलोमिटर पर्छ जसमा चार किलोमिटर भारतको जंगल पर्छ स्वास्थ्यका मापदण्डको ख्याल राख्दै हामीले टाँगा संञ्चालन गर्न पाउनु पर्ने जोडदार माग टाँगा युनियनले गरेको छ ।
यदि सरकारले हाम्रो मागको सुनुवाई गरेन, हामीले टाँगा चलाउन पाएनौं हामी भोको हुनुपर्ने बाध्यता आयो भने हामी थप संघर्षमा उत्रीने समेत टाँगा युनियन समितिले ज्ञापन पत्रमा उल्लेख गराएको छ ।
निरास टाँगा व्यवसायीहरु आइतबार टाँगा सहित जिल्ला प्रशासन कार्यालय आगाडि ज्ञापन पत्र बुझाउन पुगेका थिए ।