एकता पार्टीको संगठन अभियान तिब्र
बुधबार, फागुन १२, २०७७ मा प्रकाशित

विष्णु अधिकारी
बर्दिया,फागुन, १२ / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पार्टी एकता राष्ट्रिय अभियानले बर्दियामा संगठन विस्तारलाई तिब्रता दिएको छ । राष्ट्रिय एकता अभियानले मंगलबार बर्दियाको गुलरियामा नगर स्तरिय भेला गरेको छ ।

पार्टी फुटले जनताको ईच्छा र आकाक्षा पुरा गर्न नसक्ने भएकाले कम्युनिष्ट पार्टी एक ढिक्का भएर लाग्नु पर्ने एकता अभियानका संयोजक शर्मा चौधरीले बताएका छन् । कम्युनिष्ट पार्टीको आपसी तिकत्ताका कारण जनता र कार्यकर्तामा निराशा छाएकै कारण कम्युनिष्टहरुलाई एकता गराउन यस अभियानमा नेता बामदेब गौतम लागि परेको संयोजक थारुको भनाई छ ।

२०५६ सालमा पार्टी फुटाईएको आरोप नेता गौतमलाई लगाइएका कारण पार्टीलाई फुट्न दिनु हुदैन भन्ने अभियानका साथ गौतम लागिपरेको थारुले बताए । नेता गौतमले पार्टीलाई एकता गराउनका लागि पदीय लोभमा नपरी आजको आवश्यकता नै बाम एकता भएको महसुस गर्दै अभियानमा लागि परेको एकता अभियान केन्द्रिय समिती सदस्य अंगद श्रेष्ठले बताए । यस अभियानलाई सफल बनाउन कार्यकर्ताहरु पनि इमान्दार भएर लाग्नु पर्ने श्रेष्ठको भनाई छ ।

कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले कम्युनिष्ट पार्टीहरु कुनै हालतमा फुट्न नहुने एक भएर लाग्नु पर्ने भनाई रहेको थियो । पार्टी एकता अभियानकी केन्द्रिय परिषद सदस्य ज्ञानुमाया रिजालले कम्युनिष्ट पार्टी फुटेर होइन जुटेर एकभई लागेमा मात्र कम्युनिष्ट पार्टीले सार्थकता पाउने र जनताका माझ जान सजिलो हुने कुरा बताइएकी छिन् । कार्यक्रम तोफा यादवको अध्यक्षतामा भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय