१७ वर्षीया किशोरीसँग बिहे गरेका बेहुलासहित २ जना पक्राउ
शनिबार, फागुन १५, २०७७ मा प्रकाशित

पर्सा, फागुन १५  : बालविवाह सम्बन्धी कसुरमा प्रहरीले पर्साबाट दुई जनालाई पक्राउ गरी मुद्दा चलाएको छ।

पर्साको वीरगञ्ज महानगरपालिका–१६ लक्ष्मीनारायण टोलबाट प्रहरीले १७ वर्षीया किशोरीलाई विवाह गर्न लागेको आरोपमा स्थानीय १९ वर्षीय बेहुला र उनका ४६ वर्षीय बाबुलाई प्रहरीले पक्राउ गरेको हो।

उनीहरूलाई हिजो पक्राउ गरी जिल्ला अदालतबाट ७ दिनको म्याद थप गराएर अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।

प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालका अनुसार पक्राउ परेका दुबै जनामाथि बाल विवाहसम्बन्धी कसूरमा अनुसन्धान भइरहेको छ।थाहाखबरबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय