राजापुरका आठ व्यवसायीलाई जरिवाना
आइतबार, असोज १३, २०८१ मा प्रकाशित

दीपकलाल श्रेष्ठ

बर्दिया,असोज १३/ नजिकिदै गरेको दशैं,तिहार र छठ पर्वलाई मध्यनजर गरि प्रशासनले बजार अनुगमन तिव्र पारेको छ । जिल्ला प्रशासन कार्यालय बर्दियाको नेतृत्वमा शुक्रबार राजापुर बजारको अनुगमन गरिएको हो ।

प्रशासनको अगुवाईमा संयुक्त अनुगमन टोलीले राजापुर बजारका २८ फर्म दर्ता व्यवसायीको अनुगमन गरेको छ । जसमध्ये नियम मिचेर संचालन गरिएका ८ फर्म व्यवसायीलाई ६५ हजार बराबर जरिवाना गरिएको सहायक प्रमुख जिल्ला अधिकारी रोशन कुमार कठायतले बताए ।

‘मुल्य रु १४ हजार बराबरको म्याद गुज्रिएका सामान बरामद गरि जनप्रतिनिधिहरुको उपस्थितीमा जलाएर नष्ट गरिएको छ,’सहायक प्रजिअ कठायतले भने,‘म्याद गुज्रिएको सामानको बजारमा बिगबिग रहेकोले यहाँका स्थानीय सर्वसाधारले नियमित बजार अनुगमन गर्न माग गरेका छन् ।’

बजार अनुगमनमा उद्योग वाणिज्य संघ, राजश्व, घरेलु कार्यालयका प्रतिनिधि तथा संचारकर्मीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय