दीपकलाल श्रेष्ठ
बर्दिया, असोज २०/ जिल्लाको मुख्य मुख्य नाकामा सहायता कक्षा स्थापना गरिएको छ । चाडपर्वलाई लक्षित गरि सशस्त्र प्रहरी बल नेपाल नंम्बर ३१ गण हेड क्वाटर सुरजपुरले जिल्ला स्थित सात सिमानाकामा शुक्रबार सहायता कक्ष स्थापना गरेको हो । स्थापना गरिएको सहायता कक्षले आउ जाउमा सर्वसाधारणलाई सहजता पु¥याउने विश्वास छ ।
नजिकिदै गरेको चाडपर्वलाई लक्षित गरि भारतीय सिमाबाट बर्दिया प्रवेश गर्नेलाई सहजताको लागि सिमानाका सहायता कक्ष स्थापना गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताईन् । फुटाहा, गणेशपुर, कण्ठपुर, रजनवा, सुरजपुर, धनौरा र पकडिया नाकामा सहायता कक्ष स्थापना गरिएको प्रजिअ शर्माले जनाईन् ।
सिमानाकामा स्थापना गरिएको सहायता कक्षको शुक्रबार प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, सहायक प्रमुख जिल्ला अधिकारी रोसन कुमार कठायत, नेपाल प्रहरी उपरीक्षक केदार खनाल, सशस्त्र प्रहरी उपरीक्षक चित्राङ्गत दाहाल, राष्ट्रिय अनुसन्धान बर्दिया प्रमुख र नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष यादव प्रसाद आचार्य लगायतले अनुगमन गरेका थिए ।