प्रकाशमानसिंह राउत प्रधानन्यायाधीश नियुक्त
आइतबार, असोज २०, २०८१ मा प्रकाशित

काठमाडौं,असोज २० / प्रकाशमानसिंह राउत प्रधानन्यायाधीश नियुक्ति भएका छन् । संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आज राउतलाई प्रधानन्यायाधीश नियुक्त गरेका हुन् । राउतले आज दिउँसो १ बजे शीतल निवासमा पद तथा गोपनीयताको शपथ खानेछन् ।

अघिल्ला प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ १८ असोजमा अवकास भएपछि राउत प्रधानन्यायाधीश बनेका हुन् ।संवैधानिक परिषदको बैठकले ३१ भदौमा राउतलाई प्रधानन्यायाधीश नियुक्त गर्न सिफारिस गरेको थियो ।

संसदीय सुनुवाइ समितिले १६ असोजमा राउतको नाम अनुमोदन गरेको थियो । उनी साढे एक वर्ष प्रधानन्यायाधीश रहनेछन् ।अनलाइनखबरबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय