देश ईतिहासकै कठिन घडीमा छ: जनमोर्चा अध्यक्ष केसी
शुक्रबार, कार्तिक ०२, २०८१ मा प्रकाशित

अर्घाखाँची,कात्तिक २/राष्ट्रिय जनमोर्चाका केन्द्रिय अध्यक्ष चित्र बहादुर केसीले देश ईतिहासकै कठिन घडीमा रहेको बताएका छन्। युवा पलायन, महँगी, भ्रष्टाचार, खस्किदो अर्थतन्त्र लगायतका कारण देश नाजुक अवस्थामा रहेको उनले बताए।

अर्घाखाँचीको रानिगैरामा जनसभालाई बुधवार सम्बोधन गर्दै नेता केसीले युवाहरु नभएको देशलाई राम्रो मान्न नसकिने बताए। देश सोंचेजस्तो अवस्थामा नरहेको भन्दै उनले संघियता खारेज नभए संघियताले देश खारेज गर्ने बताए। नेपाल जस्तो गरिब मुलुकले संघियता धान्नै नसक्ने भन्दै उनले संघियताले नै एकदिन देश खाने बताए।

गण्तन्त्रको विकल्प गण्तन्त्र नै रहेको भन्दै उनले अन्य विकल्प उहिल्यै पन्छाईसकेको बताए। ‘गण्तन्त्रको विकल्प गणतन्त्र नै हो’,उनले भने,‘राजा ल्याउने भन्दै उफ्रिएको देख्छु। उल्टो बाटोमा हिँडेर फेरी देशलाई बन्दी बनाउनु हुँदैन।’ जनप्रतिनिधीहरुको संख्या कटौती गर्ने, प्रदेश खारेज गर्ने जस्ता विकल्पहरु रहेको भन्दै फेरी राजा फर्काएर पाल्न नसकिने उनको भनाइ छ।

पछिल्लो समय चटक देखाउनेहरुको भिड बढेकाले भिडबाट राम्रो मान्छे छुट्टाउन उनले सुझाव दिए। देशको पक्षमा लडेका र ईतिहास बोकेका पार्टीहरुलाई विश्वास गर्न आग्रह गर्दै उनले राजनितिमा नौटंकी देखाउनेहरुलाई विस्थापित गर्नुपर्ने बताए। नागरिकन्युजबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय