सोमबार, साउन ०६, २०८२
मा प्रकाशित
1742
Shares
बर्दिया,साउन ५ /चितुवाको आक्रमणबाट एक जना घाईते भएका छन् । बारबर्दिया नगरपालिका–१०, मथुरा चोकमा आइतबार साँझ साढे ५ बजे चितुवाको आक्रमणमा परी दिनेश चौधरी घाइते भएका छन् ।
मथुराचोकस्थित फुटवल मैदानमा राँगा चराउन गएका बैदीका चौधरी घाइते भएको प्रहरीले जनाएको छ ।
चौधरीको घाँटी र छातीमा गम्भीर चोट लागेको छ । घाईते चौधरीको नगर अस्पताल जयनगरमा उपचार भईरहेको जनाईएको छ ।