लागू औषधसहिच चार पक्राउ
बिहिबार, भदौ ०५, २०८२ मा प्रकाशित

बर्दिया,भदौ ५ (फरकसमाचार) / लागू औषधसहिच चार जनालाई प्रहरीले पक्राउ गरेको छ । बढैयाताल गाउँपालिका–२ फुटाह स्थितबाट बाँकेका दुई जनालाई लागू औषधसहित प्रहरीले बुधबार बिहान पक्राउ गरेको हो । पक्राउ पर्नेमा बाँके खजुरा गाउँपालिका–१ का २७ वर्षीय आकाश थापा मगर र २६ वर्षीय जीवन थापा मगर रहेका छन् ।

उनीहरु भारतबाट नेपाल तर्फ आउँदै गरेको अवस्थामा नियन्त्रणमा लिई चेकजाँच गर्दा १ ग्राम ४ सय ३० मिलिग्राम लागू औषध जस्तो देखिने खैरो रङ्गको गिलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।

यस्तै मंगलबार बढैयाताल गाउँपालिका–७ कण्ठपुर स्थितबाट बढैयाताल गाउँपालिका–५ बढैया गाउँका २१ वर्षीय भुपेन्द्र कुमार थारु र ३२ वर्षीय सन्जय दत्त चौधरीको साथबाट ७० मिलिग्राम लागू औषध ब्राउन सुगर जस्तो देखिने खैरो रङ्गको गिलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।

चारै जनालाई नियन्त्रणमा लिई बुधबार अदालतबाट ५ दिनको म्याद लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर