बिहिबार, कार्तिक १४, २०८२
मा प्रकाशित
1591
Shares
बर्दिया,कार्तिक १३(फरकसमाचार)/ जुवा खालबाट नगदसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । बारबर्दिया नगरपालिका–३ बेल्वाबज्जा स्थित जुवातास खेलिरहेको अवस्थामा प्रहरीले मंगलबार राती १० बजे ६ जनालाई पक्राउ गरेको हो ।
बारबर्दिया नगरपालिका–३ बेल्वाबज्जाका ३५ वर्षीय कालुराम थारु, ३५ वर्षीय लाल बहादुर थारु, ५७ वर्षीय चुन्का थारु, ५० वर्षीय अतिराम थारु, ३४ वर्षीय ठग्गु थारु र ३२ वर्षीय बिपिन भन्ने दिपेश थारुलाई प्रहरीले पक्राउ गरेको छ ।
जुवा खालबाट नगद रु ४७ हजार ४ सय ८० र ७ गड्डी ताससहित ६ जनालाई नियन्त्रणमा लिई जिल्ला प्रशासन कार्यालयबाट बुधबार ५ दिनको म्याद लिई थप अनुसन्धान भईरहेको डीएसपी देवेन्द्र कुमार मल्लले जानकारी दिए ।

