अभिनव कुमार पाठक, बर्दिया,मंसिर २७ / जिल्लाको विभिन्न ठाउँबाट २६ दिनमा लागु औषधसहित १८ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंसिर १ देखि २६ गतेसम्म लागु औषधसहित १८ जनालाई प्रहरीले पक्राउ गरेको छ । बढैयाताल गाउँपालिका क्षेत्रबाट अधिकांश व्यक्तिहरु लागु औषधसहित पक्राउ परेको देखिन्छ । सीमावर्ती भारतीय बजारमा लागु औषध सजिलै पाउने भएकोले जिल्ला स्थित र जिल्ला बाहिरका लागु औषध सेवन कर्ताहरु त्यसतर्फ जाने गरेको पाईएको छ । प्रहरीले निगरानी बढाउँदा लागु औषध सेवन कर्ता र ओसार पसार कर्ता धमाधम पक्राउ परेका छन् । प्रहरीले दिनहुँ लागु औषधका सेवनकर्तालाई धमाधम पक्राउ गरिरहेको छ । २६ दिनको अन्तरालमा ७० ग्राम ४ सय ५० मिलिग्राम लागु औषध ब्राउन सुगरसहित १८ जनालाई पक्राउ गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यस्तै यहि अवधिमा विभिन्न मुद्दामा फरार रहेका १७ जनालाई प्रहरीले पक्राउ गरी सजाय भुक्तानको लागि अदालतमा उपस्थित गराएको छ । गत असोज १७ गते जबरजस्ती करणीपछि बालिकाको हत्यामा संलग्न गेरुवा गाउँपालिका– ५ का २१ वर्षीय समिर सुनार, ४२ वर्षीय टेक बहादुर शाही र २४ वर्षीय शिवु शाहीलाई पक्राउ गरी अदालतको आदेशले पुर्पक्षको लागि कारागार पठाईएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । भन्सार छली गरी अबैध रुपमा ल्याईएका मुल्य रु २ लाख ८१ हजार ५० बराबरको सामान बरामद गरी भन्सारमा बुझाएको रेकर्ड जिल्ला प्रहरी कार्यालयमा सुरक्षित छ ।
मङ्गलबार, पुष ०१, २०८२
मा प्रकाशित
1959
Shares
ताजा समाचार
लोकप्रिय
© 2026, All rights reserved to Farak Samachar // Website By Lumbini Host
