फाइनल खेलमा बगलामुखी र शम्भुशरण भिड्दै
मङ्गलबार, पुष ०१, २०८२ मा प्रकाशित

अभिनव कुमार पाठक, बर्दिया,मंसिर २८/ फाइनल खेलमा बगलामुखी राधाकृष्ण थारु माध्यमिक विद्यालय र शम्भुशरण माध्यमिक विद्यालय भिड्ने भएका छन् । बर्दिया स्कुल कप क्रिकेट २०८२ प्रतियोगिताको फाइनल खेलमा आज (सोमबार) बगलामुखी र शम्भुशरण मावि भिड्ने भएका हुन् । आइतबार भएको सेमिफाइनल खेलमा बंगलामुखीले गौरीशंकर माध्यमिक विद्यालयलाई तीन विकेटले पराजित गरेको थियो । टस जितेर पहिलो ब्याटिङ रोजेको गौरीशंकरले १७ ओभरमा ११७ रन बनाउन सफल भएको थियो । गौरीशंकर विद्यालयका लागि आकर्षण ब्याटिङ गर्दै गौरीशंकरका शाहरुख खानले ४८ बलमा ५५ रन बनाएका थिए भने शेरखानले नौ बलमा १३ रनको योगदान दिएका थिए । ११७ रनमा गौरीशंकरलाई रोक्नका लागि बगलामुखीका समिर पोखरेलले चार ओभरमा १३ रन दिएर चार विकेट लिएका थिए भने दीपक यादवले चार ओभरमा १४ रन दिएर एक विकेट लिएका थिए ।
११८ रनको लक्ष्य लिएर आएको बगलामुखीले निर्धारित रन १४ ओभर दुई बलमा पूरा गरेको थियो । बगलामुखीको जितका लागि आकर्षक ब्याटिङ गर्दै गोविन्द राठोरले २२ बलमा ३६ रन बनाएका थिए भने सन्तोष दीक्षितले १३ बलमा १७ रन बनाए । साथै रोशन शाहीले १६ बलमा १५ रन बनाएर बगलामुखीलाई विजयी दिलाएका थिए । गौरीशंकरको तर्फबाट बलिङ गर्दै वीरेन्द्र यादवले ४ ओभरमा १९ रन दिएर तीन विकेट लिएका थिए भने सद्दाम तेलीले चार ओभरमा ३१ रन दिएर दुई विकेट लिन सफल भएका थिए । गौरीशंकरको चार विकेट लिएका बगलामुखीका समिर पोख्रेल म्याद म्याच घोषित भएका थिए । स्टिकर अफ द म्याच गोविन्द राठोर भएका थिए भने क्याच अफ द म्याच रोशन शाही भएका थिए । यो जितसँगै बगलामुखी फाइनलमा प्रवेश गरेको थियो ।
यसैगरी अर्को सेमिफाइनल खेलमा शंम्भुशरण माविले नेपाल राष्ट्रिय माविलाई ३६ रनले पराजित गरेको थियो । पहिलो ब्याटिङ गरेको शम्भुशरण माविले निर्धारित २० ओभरको खेलमा १७.१ ओभर खेल्दै १० विकेट क्षतिमा ११६ रन मात्र जोड्न सफल भएको थियो । शम्भुशरणका लागि सेराज अन्सारीले १२ बलमा २१ रन बनाएका थिए भने निरज खैराहाले १६ बलमा १९ रन बनाएका थिए साथै अमद खैराहाले १९ बलमा १९ रन बनाएका थिए । नेपाल राष्ट्रिय माविका तर्फबाट बलिङ गर्दै सम्राट अधिकारीले चार ओभरमा १९ दिएर चार विकेट लिएका थिए भने अमरिन विकले दुई विकेट लिएर चौध रन दिएका थिए भने अमर बिकले दुई विकेट लिएर २१ दिएका थिए । ११७ रनको लक्ष्य लिएर आएको नेपाल राष्ट्रियमावि निर्धारित २० ओभरमा १५ ओभर खेलेर आफ्नो सबै १० विकेट गुमाउँदै ८० रनमै अल आउट भएको थियो । यो जितसँगै शम्भुशरण खैरापुर पनि फाइनलमा प्रवेश गरेको थियो ।
आज (सोमबार)हुने फाइनल खेलमा बगलामुखी र शम्भुशरण बीच गुलरिया नगरपालिका–४ स्थित खेलमैदानमा हुने जिल्ला क्रिकेट संघका सदस्य एवं प्रतियोगिताका संयोजक सिद्धार्थ श्रेष्ठले जानकारी दिए । जिल्ला क्रिकेट संघ बर्दियाका पूर्व अध्यक्ष स्वर्गीय कृष्णप्रसाद बस्याल राकेशको स्मृतिमा स्कुल कप २०८२ क्रिकेट प्रतियोगिता आयोजना भएको थियो । मंसिर २१ गते देखि सुरु भएको प्रतियोगितामा जिल्ला भरिका १० वटा विद्यालयले सहभागिता जनाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय