शुक्रबार, फागुन २९, २०८२
मा प्रकाशित
0
Shares
बर्दिया,फागुन २९(फरकसमाचार) / लागू औषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । बढैयाताल गाउँपालिका–२ फुटाह स्थितबाट लागू औषधसहित एक जनालाई प्रहरीले बुधबार पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बाँके कोहलपुर नगरपालिका–११ लोकनगर बस्ने २३ वर्षीय लक्षु विक रहेका छन् ।
भारतबाट नेपालतर्फ शंकास्पद रुपमा आईरहेको अवस्थामा नियन्त्रणमा लिई चेकजाँच गर्दा २ ग्राम ६ सय ८० मिलिग्राम लागू औषध जस्तो देखिने खैरो रङ्गको गिलो पदार्थसहित विकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको डिएसपी प्रमेश बिष्टले जानकारी दिए ।

