रुपन्देहीका छुट्टाछुटै स्थानमा ३ पुरुष मृत फेला
शुक्रबार, मङि्सर १९, २०७७ मा प्रकाशित

मंसिर १९ बुटवल । रुपन्देहीका छुटाछुट्टै ठाउँमा तीन जना पुरुष मृत अवस्थामा फेला परेका छन् । रुपन्देहीको बुटवलका दुई ठाउँ र मर्चवारी गाउँपालिका १ महुवाटमा गरी ३ जना पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ ।  बुटवल उपमहानगर पालिका वार्ड १२ नयागाँउ खानेपानी ट्याङकी नजिकै सैनामैना न.पा.१ बन्कट्टा बस्ने वर्ष २९ का किशोर थापा मृत अबस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

उनले मादक पदार्थ सेवन गरेको प्रहरीले जनाएको छ । यता, मर्चवारी गाउँपालिका १ महुवाघाटमा मायादेवी गाउँपालिका ८ बस्ने वर्ष २० का अजयकुमार बानियाँ मृत अवस्थामा फेला परेका छन् ।  त्यस्तै, बुटवल उपमहानगरपालिका ९ स्थित भुड्कीचोकको आकाशे पुलमुनि ५५ वर्षीय एक व्यक्ति मृत फेला परेका छन् । तीनवटै घटनाका बिषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।रातोपाटीबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय