सल्यानमा एक पुरुषको बेवारिसे अवस्थामा शव भेटियो
आइतबार, मङि्सर २१, २०७७ मा प्रकाशित

२१मंसिर(फरकसमाचार) -सल्यानमा एकजना पुरुषको शव मृत अवस्थामा भेटिएको छ। कुमाख गाउँपालिका–६, मौलाहाल्ने बजारको पश्चिमतिर अन्दाजी ५० वर्षीय पुरुष मृत अवस्थामा भेटिएका हुन्।

उनको शव सडकभन्दा ५० मिटर तल खोल्सामा भेटिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता तथा प्रहरी निरीक्षक लक्ष्मण ओलीले जानकारी दिए। उनका अनुसार शव बेवारिसे अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।साभार नागरिक दैनिक

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय