पत्नीले आत्महत्या गरेपछि प्रहरी जवान पक्राउ
बुधबार, मङि्सर २४, २०७७ मा प्रकाशित

मंसिर २४ काठमाडौं । पत्नीले झुण्डिएर आत्महत्या गरेको अवस्थामा फेला परेपछि दाङमा एक प्रहरी जवान पक्राउ परेका छन् ।

तुलसीपुर उपमहानगरपालिका-१८ विजौरीस्थित घरमा मंगलवार विहान ३० बर्षीया सुनिता बिसी चौधरी घरभित्रै झुण्डिएर आत्महत्या गरेको अवस्थामा फेला परेकी थिइन् ।

त्यसपछि भैरहवामा कार्यरत उनका पति प्रहरी जवान जितबहादुर चौधरीलाई इलाका प्रहरी कार्यालय तुलसीपुरले सोधपुछका लागि नियन्त्रणमा लिएको छ ।

इप्रका प्रवक्ता प्रहरी निरीक्षक झलकप्रशाद शर्माले जितबहादुरलाई सोधपुछको लागि नियन्त्रणमा लिइएको बताए ।

पोष्टमार्टम भइ नसकेको र रिपोर्टपछि मात्र घटनाबारे भन्न सकिने प्रहरीले बताएको छ ।

यसैबीच माइती पक्षले भने आफ्नी छोरीको हत्या भएको भन्दै इलाका प्रहरी कार्यालय तुलसीपुरमा लिखित जाहेरी दिएका छन् । सुनिताको माइती बाँके हो ।

प्रहरी जवान जितबहादुर हाल भैरहवामा कार्यरत छन् । उनी घर बिदामा केही दिन पहिले मात्रै आएका थिए ।रातोपाटीबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय