आइतबारदेखि मनकामना केबुलकार सञ्चालनमा आउने
बुधबार, मङि्सर २४, २०७७ मा प्रकाशित

२४मंसिर -मनकामना केबुलकार सञ्चालनमा आउने भएको छ। कोरोना भाइरसका कारण बन्द रहेको मनकामना केबुलकार आइतबारदेखि  देखि पुनः सञ्चालनमा आउने भएको हो।

मंगलबार मनकामना मन्दिर क्षेत्र विकास समितिको अगुवाईमा बसेको स्थानीय तहसहितको सरोकारवालाको बैठकको निर्णयले  मनकामना मन्दिर र बजार खोल्ने भएपछि केबुलकार पनि सञ्चालनमा आउन लागेको हो। स्वास्थ्य सुरक्षाको  नियमहरु अपनाउंदै केबुलकार सेवा सञ्चालनमा आउन लागेको हो।

केबुलकारको दुवै स्टेशनमा यात्रुहरूको ज्वरो मापन गरिने विज्ञाप्तिमा जनाइएको छ। रुघाखोकीका लक्षण देखिएका यात्रुहरुलाई प्रवेश दिईने छैन।  केबुलकार प्रवेश गर्दा मास्क अनिवार्य र हातमा सेनिटाईज गर्नु पर्नेछ। यात्रुले लाइनमा बस्दा अनिवार्य रुपमा भौतिक दुरी कायम गर्न लगाइएको चिन्ह अंकित घेरामा लामबद्ध बस्नु पर्ने र केबुलकार हाता भित्र प्रवेश गर्दा स्वचालित हेण्ड सेनिटाइजर वा साबुन पानीले हात धुनु पर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ।

स्टेशन हाता भित्र भिडभाड नगर्ने तथा पिकनिक र बनभोजलाई अस्थाई रुपमा बन्द गरिएको छ। केबुलकार सेवा क्षमताको ५० प्रतिशत (प्रति घण्टा ३३० जना) यात्रुलाई सेवा दिइने र तत्पश्चात् स्वतः प्रवेश बन्द गरिने हुँदा यात्रुहरुले सोही अनुसार आप्mनो यात्रा तय गर्नु पर्नेछ। साभार नागरिक दैनिक

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय