बर्दिया,मंंसिर २५गत –फरकसमाचार)
कृषिलाई प्रबद्धन गर्न व्यबसायिक किसानलाई प्रोत्साहन गर्न पर्ने राजाापुर नगरपालिकाका नगर प्रमुख शिब प्रसाद चौधरीले वताएका छन् ।
आर्थिक शसक्तिकरणका लागि शिप तथा उद्यम शिलता विकास परियोजना अन्तरर्गत राजापुर नगरपालिकामा नगर स्तरीय परियोजना अभिमुखीकरणक कार्यक्रममा कृषिमा व्यबसायिक किसान फाईदा पुग्ने गरी काम गर्नु पर्ने औल्याए ।‘परियोजनाले गर्न लागेका काममा हाम्रो साथ छ’उनले भने,‘परियोजनाले किसानको पक्षमा काम गर्नु प¥र्यो ।’ लुथर्न वल्र्ड कृर्षिमा युवाहरुको संलग्नता गराई आयस्रोतमा पहुच तथा रोजगार वृद्विगर्ने उद्घेश्यले राजापुर नगरपालिकामा सरोकारवालाहरुसंग अभिमुखिकरण कार्यक्रम सकारात्मक भएको भन्दै उनले टिप्पणी गरेका थिए ।
रिलिफको आर्थिक सहयोगमा दलित महिला उत्थान संघ अन्र्तगतकाो परियोजनाले गरिब ,बिपन्न दलित आदिवासी जनजाती तथा व्यरोजगार युवाहरुलाई समेटेर राजापुरमा काम गर्ने योजना छ । परियोजनाले राजापुर नगरपालिका भित्रका समुदायमा संचालन गरिने क्रियाकलापहरुका संयोजक विष्णु नेपालीले जानकारीले गराएकि थिईन । युवाहरुले कृषिमा रुचि नराखी बिदेश जाने र दुखपाएर घर फर्किने आम्दानीको स्रोत नहुने जिवन कस्टकर हुने गरेको अवस्थामा रहेको उल्लेख गर्दे यस्ता कामले व्यवसायीक किसानलाई प्रोत्साहन गर्ने उदेश्य परियाोजना रहेको उनले वताईन ।
किसानलाई प्रोत्साहन गर्न ५० प्रतिसत अनुदान सहित प्राबिधिक, बिउ, मल आदि सहयोग गरिरहेको छ । चैते धानखेती ,हल्दी खेती,प्याज खेती गर्नका लागि बिपन्न युवा किसानले परियोजना मार्फत अनुदान पाउँनेछन् ।
दलित महिला उत्थान संघले महिलाको आयर्आजन, हिँसा पिडित महिलाको उदार र, बालिका शसक्तिकरणको क्षेत्रमा काम गर्दै आएको संस्थाकी अध्यक्ष खिमा बिकले बताईन । आर्थिक शसक्तिकरणका यो परियोजनाले यस क्षेत्रलाई छानेको उनले जानकारी गराईन ।‘परियोजनाले कृषिक्षेत्रमा कामगर्न लागेको र राम्रो काम गरेर देखाउने छ,’उनले भनिन् । परियोजना अभिमुखीकरण गोष्ठीमा राजापुर नगरपालिकाका नगरप्रमुख, वडा सदस्यहरु, सरोकारवाला निकाय, सहकारी संस्थाका प्रतिनिधी, र कृषकको सहभागिता रहेको थियो ।
शिप तथा उद्यम शिलता विकास परियोजना अन्तरर्गत दलित महिला उत्थान संघ बर्दियाले कृषिमा ५० प्रतिसत अनुदान सहित प्राबिधिक, बिउ, मल को सहयोग गरेको छ ।
शुक्रबार, मङि्सर २६, २०७७
मा प्रकाशित
0
Shares
ताजा समाचार
लोकप्रिय
© 2025, All rights reserved to Farak Samachar // Website By Lumbini Host