प्रजिअसँग बाघ पिडितको गुनासोे : ‘घर अघि काल छ,त्यै पनि बाँच्न परेको छ ’
शुक्रबार, पुष १७, २०७७ मा प्रकाशित

दुर्गा आचार्य
बर्दिया, पुस १७ राजापुर – १० खैरीचन्दनपुर भगतपुरका रामकृष्ण चौधरीले घर अघि दिन दहाडै बाघ देख्छन् । ‘भारतको जंगलबाट आएको बाघ घर मै आउँछ र मज्जाले फर्कन्छ । न बाघलाई कसैले रोक्छ । न त रोक्न सक्छ । कहिले बाख्रा मार्छ कहिले गोरु मार्छ । निर्धक्क तालले जंगल फर्कन्छ ।’ उनले पिडा कहन्छन ‘घर अघि काल छ, त्यै पनि बाच्न परेको छ ।’ काल पर्खेर बस्नु बाहेकको बिकल्प नरहेको उनले सुनाए । उनका अनुसार बाघ घर अघि देख्न थालेको पनि एक साता नाघिसकेको छ ।

सोमवार प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीको नेतृत्वमा वन र सुरक्षा प्रमुखको टोली बाघको बारेमाा जानकारी लिन राजापुर १० नम्बर वडाका केहि बस्ती पुग्छन् । दिँनदिनै बाघले पशु मार्न थालेपछि किसानको घाउँमा मल्हम लगाउँन बाघ पिडितसँग साक्षात्कार भएका प्रजिअ लिलाधर अधिकारी समक्ष किसानले कुरा राख्छन् ।

‘हामी समसाभै ढोका लगाएर कहिल्य सम्म बस्ने ? ’राजापुर १० का राम बहादुर थारुले प्रजिअ लिलाधर अधिकारी ईगित गर्दै भन्छन्,‘गाउँले बाघ आक्रमणबाट बाँचेका छौ, तर हाम्रा पशु जोगाउँन सकेका छौ ।’ बाघ नियन्त्रणका लागि सम्बन्धित निकायलाई निर्देशन दिन्छु प्रजिअले भन्दा भने केहि वेर किसान आश्वस्त हुन्छन् । तर त्यतिवेला पनि किसान प्रश्रव पिडा रहेको अनुहारमा झल्किन्छ ।

राजापुर १० खैरीचन्दनपुरलाई निकुञ्ज र भारतको संरक्षित कतरिनया जंगलेले वरीपरीबाट घेरेको छ । बाघ संरक्षणमा विकसित मुलकुले चासो देखाएपछि भारत र नेपालको जंगलमा बाघ बढिरहेको छ । नेपाल र भारतको करिडिारमै पर्ने खैरीचन्दनपुर किसान भने बाघको अनुहार सधैं देख्दा ज्यान जोगाउँन विकल्प खोजीरहेका छन् ।

एक साता अघि देखि लगातार पाटे बाघले राजापुर नगरपालिकाको खैरीचन्दनपुर, लालपुर, पहाडीपुर र भगतपुरमा गोठमा बाँधेका चौपाया र चराउन लगेका चौपाया आक्रमण गरि मार्न थाले पछि विपन्न किसान मर्ने र बाच्ने दोसाधमा छन् ।

‘ज्यान त जोगायौ’ अर्का किसान रामभरतले भने,‘हाम्रो सम्पती खाई दिएपछि हामीले कसरी परिवार पाल्ने ।’ राजापु क्षेत्रमा विपन्न किसानले पराम्परागत तरिकाले खेती किसानी गर्छन । जुवामा हलो बाधेर खेत जोत्ने किसानको बाघले गोरु खाईदिदा प्रतिाडित बन्नु परेको छ । निकुञ्जसँग जोडिएका अन्य क्षेत्रमा मध्यवर्ती क्षेत्र घोषणा गरेका गाउँका किसान लाभान्वित भएपनि खैरीचन्दनपुर वन्यजन्तुका कारण ठूलो नोक्सानी व्यहोर्न परेको छ ।

यसअघि एउटै गोठबाट ४ गोरु र १ गाई मारेको छ । यस्तै बाघले विभिन्न ठाँउमा गरि ९ वटा घरपालुवा जनावर मारिसकेको छ । यसरी दिनहु बाघ पल्किएपछि स्थानीय त्रसित भईरहेको छन् ।

निकुञ्ज क्षेत्र भन्दा बाहिरको बस्तीमा आएर दिनहुँ जसो बाघले सताएपछि स्थानीयलाई हिँडडुल गर्न समेत समस्या भईरहेको छ । विद्यालय जाने बिद्यार्थी ज्यान जोखिम मोलेर हिड्न बाध्य छन् । यस अघि बाघ आक्रमण सीमावर्ती क्षेत्रमा ६ जनाले ज्यान गुमाईसकेको छन् ।
बर्दियाका विभिन्न क्षेत्रमा मान्छेलाई आक्रमण गरि मारेको घटना सेलाउन नपाउदै मानव वस्तीमानै बाघ दिनहु आउन थालेपछि स्थानीय तनावमा छन् । बाघ आउने डरले समसाँझै घरको ढोका लगाएर घरभित्र बस्नु पर्ने बाध्यता भएको स्थानीय किसान गुनासो गर्छन् ।

दक्षिण तिर भारतको कतर्निहा वन्यजन्तु आरक्ष र उत्तर तर्फ बर्दिया राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र भन्दा बाहिर बसोबास गर्ने राजापुरमा मानव वन्यजन्तु विचको द्धन्द दिनप्रती दिन बढ्दै जानु चिन्ताको बिषय बनेको छ । दुई महिना अघाडी बाघकै आक्रमणबाट ६ जना मान्छेको ज्यान गईसकेको घटना सेलाउन नपाउदै निकुञ्ज क्षेत्रभन्दा बाहिरकै बस्तीमा पाटेबाघले दिनहुँ आउन थाले पछि जिल्ला प्रशासनको पनि ध्यान आकर्षण भईरहेको छ । घटना स्थलमा पुगेका प्रमुख जिल्ला अधिकारीले स्थानीयलाई सुरक्षित रहनसमेत आग्रह गरेका छन् । वन्यजन्तु र मानव बिच द्धन्द्ध न्यूनिकरणका लागि काम अघि बढाउँने पहले गर्ने उनले जानकारी दिए । उनका अनुसार बाघ नियन्त्रणका लागि वनसंग समन्वय भईरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय