अवैध रुपमा ल्याउदै गरेका राँगा, काठ र अन्य सामान बरामद
शुक्रबार, पुष १७, २०७७ मा प्रकाशित

फरकसमाचार संवाददाता
बर्दिया, पुस १७ / सशस्त्र प्रहरीले अवैध रुपमा भन्सार छली ल्याउदै गरेको अवस्थामा अवैध राँगा, काठ र सामान बरामद गरेको छ ।

सीमा क्षेत्रमा हुने अबैध चोरी, तस्करी र अपराध नियन्त्रणको लागि खटिएको सशस्त्र प्रहरीको गस्ति टोलीले विभिन्न नाकाबाट अबैध सामान नियन्त्रणमा लिएका छन् ।

सशस्त्र प्रहरीका अनुसार बरामद राँगा र खयर जातको काठ ३५.१३ क्यु.फिट मुल्य रु. २ लाख २० हजार २ सय ६० बराबरको छ ।

त्यसैगरी सशस्त्र प्रहरीले अवैध प्याज, नुन , चिनी, डिजेल र प्लाष्टिकका बाटा मुल्य रु. १२ हजार ८ सय ४० बराबरको सामान नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरीले बरामद गरेको अवैध सामानहरु सम्बन्धित कार्यालयमा बुझाएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३१ गणका गणपति नरबहादुर रावतले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय