सोमबार, पुष २०, २०७७
मा प्रकाशित
0
Shares
फरकसमाचार संवाददाता
बर्दिया, पौष २० / सशस्त्र प्रहरीले लागु औषधसहित अवैध सामान बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल नेपालको सक्रियतामा जिल्लाका बिभिन्न नाकाहरुबाट अबैध सामान नियन्त्रणमा लिएको हो । भन्सार छली अवैध रुपमा नेपाल ल्याउदै गरेका अवस्थामा चौपाया (खच्चर), किराना सामान र लागु औषध (कोरेक्स) ४० सिसि बरामद गरेको हो ।
सशस्त्र प्रहरीका अनुसार बरामद अवैध सामानको मुल्य रु. ८७ हजार २ सय ९० बराबरको छ । साथै प्याज, नुन र सुर्ती बरामद गरी सम्बन्धित कार्यालयमा बुझाएको सशस्त्र प्रहरी उपरीक्षक नरबहादुर रावतले बताए ।