दलबहादु सुनार
बर्दिया, पुस २० / दृष्टिबिहिन खेलाडीहरुको लागि बर्दियामा पाँचदिने नेत्रहिन क्रिकेट तालिम आज देखि सुरु भएको छ ।
नेत्रहिन क्रिकेट संघ बर्दियाले लुईस बे्रलको २१२ औं जन्मोत्सबको अवसमा दृष्टिबिहिन भएका ब्यक्तिहरुको क्रिकेट खेलमा बिकास गर्ने उद्देश्यले पाँचदिने खेलको बर्दियामा उद्घाटन भएको हो ।
बर्दिया जिल्लाका ८ वटै पालिकाबाट २८ जना दृष्टिबिहिन खेलाडीको सहभागिता रहेको छ ।
खेलको उद्घाटन कार्यक्रमका प्रमुख अथिति तथा रक्षा फाउण्डेशनका अध्यक्ष साबित्रा गौतमले बलिङ र बिशेष अथिति एवं गुलरिया नगरपालिका–६ का अध्यक्ष निरजकुमार शर्माले ब्याटिङ गरेर खेलको उद्घाटन गरेका थिए ।
नेत्रहिन खेल बिकासको लागि गुलरिया नगरपालिका ६ नम्बर वडा कार्यालयबाट २५ हजार , ४ र ५ वडाले ५/५ हजार सहयोग गरेको संघले जनाएको छ ।
नेत्रहिन क्रिकेट संघ बर्दियाका अध्यक्ष हरि तिमिल्सीनाको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा रक्षा फाउण्डेशनका अध्यक्ष साबित्रा गौतमले रु १० हजार सहयोग गर्ने घोषणा गरेकी छन् ।
गुलरिया नगरपालिका–१ स्थित गणेश मन्दिर आधारभुत बिद्यालयको प्राङ्गणमा भएको उद्घाटन कार्यक्रममा जनप्रतिनिध, बिद्यालयका प्रध्यानाध्यापक, स्थानिय प्रहरी चौकीका प्रतिनिधि, बर्दिया अपांग पुनस्र्थापना केन्द्रका अध्यक्ष, बर्दिया नेत्रहिन संघका अध्यक्ष, बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष स्थानिय समाजसेबि खेलाडी लगाएको सहभागिता रहेको बर्दिया नेत्रहिन संघका सचिब प्रेम प्रसाद अधिकारीले बताए ।