तिन जना महिलाको उद्वार
बुधबार, पुष २२, २०७७ मा प्रकाशित

बर्दिया, पुस २२ / सशस्त्र प्रहरीले तिन महिलाको उद्वार गरेको छ ।

मधुवन नगरपालिका–७ भगरैयाटोल भद्रपुर नाकाहुदै भारततर्फ जान खोजिरहेका तिन महिलालाई सशस्त्र प्रहरीले माईती नेपालमा बुझाएको हो ।

चितवन जगतपुर गाउँपालिका–७ बस्ने बर्ष ४३, दोलखा भुसाफेदा गा.बि.स.–२ बस्ने बर्ष ३७ र काभ्रेप्लान्चोक तेमाल गाबिस –९ बस्ने बर्ष २३ कि महिलाहरु विभिन्न प्रलोभनमा परी भारत जान लागेको बुझिएको हो ।

त्यसैगरी सशस्त्र प्रहरीले बिभिन्न नाकाहरुबाट अबैध रुपमा नेपाल भित्र्याउदै गरेका अवस्थामा चौपाया रु. १ लाख बराबरको बरामद गरेको हो । साथै चिनी, नुन र सुर्ती बरामद गरी भन्सार कार्यालय गुलरियामा बुझाएको सशस्त्र प्रहरी उपरीक्षक नर बहादुर रावतले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय