शारीरिक अपांगता भएका व्यत्तिले भनेः ‘हाम्रालागी सहायक सामाग्री जहाज किन्नु सरह थियो’
दल बहादुर सुनार
बर्दिया, पुस २२ / नगर प्रमुख मुक्तिनाथ यादवल रुपेश थारुलाई ह्वीलचियर हस्तान्तरण गर्दा अनुहार खुसी झल्कियो । साझ विहानको छाक टार्न समस्यामा हुर्किएका उनलाई सहायक सामाग्री प्रयोग गर्न पाउँनु कल्पनामा सिमित थियो । उनी जस्तै २० जना अंपागको कोराकल्पना मंगलवार बिपनामा सकार भयो । थारु जस्तै २० जनाले सहायक सामाग्री पाए ।
सहायक सामाग्री वसेका उत्साहित उनीहरुले भन्दै थिए –‘ हाम्रालागी सहायक सामाग्री जहाज किने सरह थिए,बल्ल अब घर बाहिर निस्कन पाउँने भयौं ’ शारीरिक अपांगता भएका ब्यक्तिहरुको लागि बर्दियाको गुलरिया नगरपालिकामा मंगलबार निशुल्क सहायक सामाग्री बितरण गरिएको छ ।
शारीरिक अपांगता भएका ब्यक्तिहरुको लागि दैनिक जीवन यापनमा सहयोग पु्याउने उद्देश्यले आयोजना गरिएको सहायक सामाग्री बितरण शिबिरवाट २० जना लाभान्वित भएका हुन ।
गुलरिया नगरपालिकाको आयोजनामा, राष्ट्रिय अपांग पुनस्र्थापना समाज अनामनगर काठमाण्डौको सहयोगमा र बर्दिया अपांग पुनस्थापना केन्द्रको समन्वयमा उक्त सहायक समाग्री बितरण गरिएको हो ।
गुलरिया नगरपालिकाको आयोजनामा, बर्दिया अपांग पुनस्थापना केन्द्रको पहलमा राष्ट्रिय अपांग पुनस्थापना समाज अनामनगर काठमाण्डौको प्राबिधिक सहयोगमा २०७७ साल पुस ८ गते सहायक सामाग्रीको नाप जाचको शिबिर गरिएको महिला तथा बालबालिका शाखाले बताएको छ ।
नापजाच शिबिरबाट सिफारीस भएका मध्ये ८ जनाको लागि हाईड्रोलिग ट्राईसाईकल, १२ जनाको लागि ह्वील चियर बितरण गरिएको पुनस्थापना समाज काठमाण्डौका उपाध्यक्ष सुगम भट्टराईले जानकारी गराए ।
नाप जाँच तथा सामाग्री ढुवानी र सिबिर संचालनको तयारी ब्यबस्थापन गुलरिया नगरपालिकाले गरेको हो भने करिब १० लाख मुल्य बराबरको सहायक सामाग्री अमेरिकन सस्था एन.आर.एस.डि.ले निशुल्क रुपमा उपलब्ध गराएको समाजका उपाध्यक्ष भट्टराईले जानकारी दिए ।
बितरण कार्यक्रमका प्रमुख अथिति गुलरिया नगरपालिकाका प्रमुख मुक्तिनाथ यादबले शारीरिक अपांगता भएका बालक रुपेश थारुलाई ह्वीलचियर प्रदान गर्दै अपांगताको सवालमा गुलरिया नगरपालिकाको ध्यानाकर्ष भएको बताए । अपांगता भएका ब्यक्तिहरुको आर्थिक तथा सामाजिक बिकास सम्बन्धिका कार्यक्रम गर्ने प्रतिबद्धता जनाए ।
नगर उप–प्रमुख तथा अपांग परिचयपत्र बितरण समितिका संयोजक शुसिला गिरीको अध्यक्षतामा भएको कार्यक्रममा नगरपालिका प्रमुख प्रशासकिय अधिकृत धर्मराज न्यौपाने, बर्दिया अपांग पुनस्थापना केन्द्रका अध्यक्ष कृष्ण बहादर क्षेत्री , राष्ट्रिय अपांग पुनस्थापना समाजका प्राबिधिक, नगरपालिका कर्मचारी लगाएतको सहभागिता रहेको महिला तथा बालबालिका शाखा प्रमुख शिला शाहले जानकारी दिईन ।