बाघले लखेटेको भिडियो सामाजिक संजालमा भाईरल
बिहिबार, पुष २३, २०७७ मा प्रकाशित
लम्की चुहा नगरपालिकाकि नन्दकला थापालाई मोटरसाईकलमा झम्टेर आक्रमण गरेसँगै बर्दिया निकुञ्ज भित्र पर्ने पूर्वपश्चिम राजमार्गमा बाघले पटक –पटक त्यसरी नै बाघले मोटरसाईकलमा सवारलाई झम्टेर आक्रमण गर्ने प्रयास गरेको भिडियो सामाजिक संजालमा भाईरल बनेपछि जताततै सन्त्रासको वातावरण बनेको छ । यसअघि निकुञ्जको राजमार्गमा हिँडेको तस्बिर बाघको क्याट वाक नामाकरण गरेर सार्वजनिक गर्दा निकुञ्ज घुम्ने आउँने पर्यटकलाई उक्त भिडियोले आर्कषण गरेको थियो । तर,यतिवेला बाघ झम्टेर आक्रमणको प्रयास गरिरहेको भिडियो सार्वजनिक हुदा मानव र वन्यजन्तु द्धन्द्धलाई बढावा दिने मद्दत पुग्ने खालको छ ।

बर्दिया, पुस २३ (फरकसमाचार) शुक्रवार राती लम्की चुहा नगरपालिकाकि मोटरसाईकलमा सवार नन्दकला थापालाई झम्टेर आक्रमण गरे पछि बर्दियामा बाघ आंतक भईरहेको भिडियो सामाजिक संजालमा भाईरल भईरहेको छ । बाघले मोटरसाईकलमा सवार महिला झम्टेर लगेको घटना विश्वभर यतिखेर धुवासरी फैलिएको छ ।

बर्दिया राष्ट्रिय निकुञ्जमा पर्ने पूर्व पश्चिम राजमार्गमा कोहलपुरबाट उपचार गराएर फर्कने क्रममा बाघले झम्टेर क्षत विक्षत बनाएको तस्बिर भाईरल भएसँगै निकुञ्जमा बाघ देखिएको तस्बिर भन्दै पोष्ट गर्दा सर्वसाधरणमा एक किसिमको त्रास फैलिएको छ । टिकटक र फेसवुक यतिवेला बर्दियामा बाघको आक्रमण भईरहेको भिडियो भाईरल वनेको हो ।

बाघ झम्टिन थालेको भिडियो राखेर बाघ बाघ भन्दै मोटरसाईकल सवार व्यक्ति चित्कार यो साचो हो कि झुठ हो भन्ने विषयमा सर्वसाधरण अनभिज्ञ छन् । तर धमाधम यसरी सामाजिक संजालमा बाघ देखिएको भिडियो सार्वजनिक भएपनि नरभक्षि बाघ निकुञ्ज प्रशासनले नियन्त्रणमा लिन सकेको छैन ।

बाघ नियन्त्रणमा थापाको घटनास्थलमा तर्फ खटिएको प्राबिधिक टोलीले बाघ नभेटिएको जिकिर गर्दै आएको छ ।सामाजिक संजालमा पोष्ट गरिएको भिडियोमा नरभक्षि बाघले लखेट्दै गरेको डरलाग्दो भिडियो देखिन्छ । त्यसमा मोटरसाईकलमा सवारको चित्कार अझै डरलाग्दो छ । त्यस्ता भिडियोमा सामाजिक संजालमा पोष्ट गर्दा पूर्व पश्चिम राजमार्ग दृश्य भएको खुलाईएको छ ।

अनौठो किसिमका भिडियो सार्वजनिक भएको भिडियो डरलाग्दो भएको पूर्व पश्चिम राजमार्गमा भेटिएका वस चालक राम बहादुर चौधरीले बताए ।‘सामाजिक संजालमा भाईरल भएका भिडियो हेर्दा मन नै सिरिङ्ग हुन्छ’उनले भने,‘अहिले सामाजिक संन्जालमा सार्वजनिक भिडियो यँहाको हो कि अन्तै हो भन्ने दुुबिधामा छौ ।

’यस्ता किसिमका भिडियो देखिदा ठूला सवारी साधनमा यात्रा गर्न पनि असुरक्षित महशुश भईरहेको उनले सुनाए । तर निकुन्जले भने मोटरसाईकल,साईकल र पैदल यात्रुलाई वेलुवा ६ बजे पछि मात्र रोक लगाएको छ । मोटरसाईलमा सवारलाई बाघले झम्टेर आक्रमण गरेर मारेको दुई घटना राजमार्ग क्षेत्रमा घटेको रकर्डमा देखिन्छ ।

यसअघि लम्किका व्यबसायी मोटरसाईकलमा सवार भएका वेला बाघले आक्रमणमा परेका थिए । यसरी सामाजिक संजालमा भाईरल भएका भिडियो बर्दिया निकुञ्ज भित्र नभएको हुन सक्ने प्रमुख संरक्षण अधिकृत विष्ण प्रसाद श्रेष्ठले बताए ।

‘निकुन्ज भित्र रहेको राजमार्गमा बाघ निस्कने गर्छ,’उनले भने,‘जसरी सामाजिक संजालमा भाईरल भैरहेको भिडियो काट कुट गरेको मिलाएर पोष्ट गरेको हुन सक्छ ।’तीन महिना अवधिमा निकुन्जको मध्यवर्ती क्षेत्र र करिडोरमा बाघ आक्रमणबाट ८ जनाले ज्यान गुमाईसकेका छन् ।
बाँके जिल्लामा निकुञ्ज स्थापनासँगै बाघको संख्या निकुञ्जमा ह्वात्तै बढेको छ ।

यसअघि निकुञ्जमा ८७ वटा बाघ गणना भएको निुकञ्ज विभागले सार्वजनिक गरेको छ । बाघ गणनामा वयस्क बाघको गणना हुने भएकाले निकुञ्जमा एक सयको हाराहारी बाघ हुन सक्ने निकुञ्जका कर्मचारीको अनुमान छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय