बिहिबार, पुष २३, २०७७
मा प्रकाशित
0
Shares
बर्दिया, पुस २३ (फरकसमाचार) / सशस्त्र प्रहरीले अवैध सामाग्री बरामद गरेको छ ।
अबैध चोरी, तस्करी र अपराध नियन्त्रणको लागि खटिएको सशस्त्र प्रहरीको गस्ति टोलीले विभिन्न नाकाबाट सामान बरामद गरेको हो ।
अबैध रुपमा भन्सार छली नेपाल ल्याउँदै गरेको जुत्ता, चप्पल, चिनी, लत्ता कपडा, सिलाई कटाईका तथा हार्डवयरका सामान बरामद भएको हो ।
सशस्त्र प्रहरीका अनुसार बरामद अवैध सामानको मुल्य रु. १ लाख ५८ हजार ८ सय ७० बराबरको छ । सशस्त्र प्रहरीले बरामद गरेको अवैध सामान कारवाहीको लागि भन्सार कार्यालयमा बुझाएको छ ।
साथै बरामद भएको प्याज, नुन, सुर्ति र चिनी भन्सार कार्यालयमा बुझाउने प्रक्रियामा रहेको सशस्त्र प्रहरी उपरीक्षक नर बहादुर रावतले बताए ।