खाजा खाने टाईम र कार्यालयमा जेनेटर नभएको बहानामा कर्मचारीले सेवाग्राही ठग्न बलियो माध्यम बनेको छ । काममा ढीलासुस्ती गरेपछि अबैध असुलि मौलाएकाले मालपोत कार्यालय पुग्ने सेवाग्राही मर्कामा परेको गुनासो गर्छन ।
बर्दिया, पुस २४ (फरकसमाचार) / जग्गा प्रशासनको काम लिएर मालपोत कार्यालय पुग्ने सेवाग्राहीले लामो समय देखि सास्ती भोग्न परेको छ ।
कर्मचारीको जवाफदेहि नहँुदा मालपोत कार्यालयमा पुग्ने सेवा ग्राहीलाई सास्ती भोग्न परेको हो ।
साना तिना काममा समेत कर्मचारीको लापरवाहीले लामो समय काम नहुँदा मालपोत कार्यालय प्रति सेवाग्राहीको तिब्र आक्रोष छ ।
जग्गा वेच बिखन, नामसारी र अनलाईनको काममा कर्मचारीले लापरवाही गर्दा ग्रामिण भेगबाट सेवाका लागि गुलरिया सदरमुकाम आउँने सेवाग्राही असन्तुष्ट छन् ।
काममा ढिलाई गर्दा कर्मचारी र विचौलियाको मिलेमतोमा सेवाग्राहीसँग अबैध रकम असुल्ने गरेको सेवा ग्राहीको आरोप छ ।
जग्गापास,रजिष्ट्रेशन र मुद्दा फाँटमा काम लिएर पुग्ने सेवाग्राही फाईलमा नगद राखेर बुझाउँने गरेको फरक समाचार संबाददातालाई विश्वस्त स्रोतले बतायो ।
‘मालपोतमा काम गर्न आउँदा खुलेआम अबैध रकमको चलखेल भईरहेको छ’ स्रोतले भन्यो,‘फाईलमा नगद राखेर बुझाएमात्र काम हुन्छ ,हैन भने त्यस्ता सेवा ग्राहीलाई सानो कामको लागि एक साता सम्म मालपोत कार्यालय धाउँनु पर्छ ।’
विभिन्न काम बाधा अड्चन देखाईदिदा त्यसको मूल्य चुकाएपछि मात्र मालपोत कार्यालयबाट दिईने सेवा पाउँनु परेको सेवाग्राहीको गुनासो छ । सेवाग्राहीलाई काममा अड्काएर अबैध असुलि बढिरहेको प्रसंग उल्लेख गर्दै मालपोत प्रमुख भिम बहादुर खत्रीसँग सोधिएको जिज्ञाशामा अबैध असुल रोक्न अख्तियारलाई समेत जानकारी गराएको बताए ।‘अबैध रकम असुलि बारेमा मलाई गुनासो आएको छ,’उनले भने‘नियन्त्रण गरिदिन अख्तियारलाई जानकारी गराएको छु ।’संसोधनका गर्न पर्ने भएकाले सेवाग्राहीको काममा ढिलासुस्ती भईरहेको प्रमुख खत्रीले स्वीकारे ।
कामको चापमा खाजा खाने टाईम
कर्मचारीले खाजा खानको लागि छुटाएको एक घण्टा कर्मचारीले सेवाग्राहीलाई सास्ती दिने माध्यम बनेको छ । खाजा खाने बहानामा एक घण्टा टाईम लटर पटर गरेर बिताउँने गरेका छन् । त्यसपछि कार्यालय पुगेपछि बिभिन्न बहानामा सेवा ग्राहीलाई तनाव दिने गरेको सेवाग्राही गुनासो गर्छन । ढिला भयो सर काम छिटो गर्न परयो भन्दा भोक पेट कसले काम गर्ने भनि कर्मचारीले ठाडो जवाफ दिने गरेको सेवाग्राहीको गुनासो छ । जाडो शुरु भएपछि कार्यालय समय ३ देखि ४ वजे हो । कार्यालय समयमा ढिला आउँने र खाजा खाने २ बजे निस्कने कर्मचारी कार्यालय समयसम्म समय गुजार्ने गरेको आरोप छ ।
कर्मचारीलाई जेनेटर नभएका बाहाना
जाडो मौसमा दैनिक तीन वा चार घन्टा सम्म लोडसेडिङ हुन्छ । कार्यालय समय दैनिक एक घन्टा दैनिक बत्ति हुदैन । खाजा खाने टाईम र कार्यालयमा जेनेटर नहुँदा बाहानाले कर्मचारीलाई सेवा ग्राहीलाई ठग्न बलियो माध्यम बनेको छ । काममा ढीलासुस्ती गरिएपछि अबैध असुलि मौलाएको सेवाग्राहीको धेरै भन्दा धेरै आक्रोष छ । कहिल्य खाजाको टाईम भयो र लाईन छैन जस्ता बाहानामा अतिरिक्त रकम दिएमा मात्र काम हुने गरेको हो ।‘खाजा खाने टाईम र बत्ति छैन जस्ता कुराले सेवाग्राही सास्ती पाएका छन्’उनले भने,‘काम छिटो बनाउँने चक्करमा अतिरिक्त रकम तिर्न पर्छ ।’