आहा ! कति राम्रो सरकारी अड्डा
शुक्रबार, पुष २४, २०७७ मा प्रकाशित

बर्दिया, पुस २४ (फरकसमाचार) सोमवार मधुवन नगरपालिकाका नगर प्रमुख कृष्ण केसी र उद्यमी सुरेश पन्थ जिल्ला प्रशासन कार्यालय, बाँके परिसरमा पुग्छन् ।

आहा ! कति राम्रा संरचना भन्दै प्रशंसा सहित प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङ जिज्ञाशा तेर्साउछन् । प्रजिअ कुरुम्बाङलाई नगरप्रमुख केसीले प्रतिप्रश्न –गर्छन ‘पहिल्यै भन्दा धेरै राम्रो देखिएको कारण के होला ?’ जवाफमा प्रजिअ कुरुम्बाङ फिस्स हास्छन् ।

जिल्ला प्रशासन, बाँकेमा सेवाग्राही कक्ष एसि (गर्मीमा चिसो र चाडोमा तातो) जडित छ । दुई सय सेवाग्राही उक्त कक्षमा अटाउँछन् । जिल्ला प्रशासनमा नयाँ पार्किङ बनेको छ । प्रजिअ कुरुम्बाङ खर्च चार लाख भन्दा केसीले जिब्रो टोक्छन् । नयाँ ढाँचामा बनेको पार्किङ त्यो पनि सुन्दर छ,त्यो पनि सस्तोमा । नगर प्रमुख त्यति मै रोकिदैन,‘त्यतिकै मधुवन नगरपालिकामा पार्किङ बनाउँन तयार हुन्छन, हामीले त खर्च गर्दा राम्रो बन्दैनत ? केसी भन्छन् । फेरी सोध्छन–यो पुरानो पार्किङ होईन र ? प्रसंग अर्को तर्फ मोडिन्छ ।

पुरानो पोखरी पक्कीमा परिणत भएको छ । कार्यालयसम्म पक्की बाटो छ । कार्यालय परिसरमा टम्म मिलेका ब्लकले कार्यालय सुन्दर देखिन्छ । पोखरीमा पानी भरिएको छ । पोखरीको बीचमा रहेको भगवान थान समेत व्यबस्थित हुँदैछ ।

पोखरी पुनःनिर्माण गरेर विस्तार गरिएको छ । पोखरीको छउँ–छाउँमा बिचमा ढुंगा छापिएका छन् । अन्त्यमा नगर प्रमुख केसीले प्रजिअ कुरुम्बाङलाई बधाई दिदै फर्किन्छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय