बर्दिया, पुस २७ / गुलरिया नगरपालिका–३ का ६५ वर्षिय राम लोधले बर्षौ पछि संसार देखे ।
मोतियाबिन्दुबाट ग्रसित उनी गुलरिया नगरपालिका शिव गंगा आँखा अस्पतालमा वडाको सहयोगबाट मोतियाबिन्दुको शल्यक्रियापछि आँखा देख्न सक्ने भएका हुन । पुस २५ गते वडा नं. ३ को आर्थीक सहयोगमा निशुल्क स्वास्थय शिविर संचालन गर्दा एउटै वडाका २८ जना आँखा देख्ने भएका हुन् ।
यसै साता नेपाल रेडक्रस सोसाईटिको शिव गंगा आँखा उपचार केन्द्रमा नेत्ररोग बिशेषज्ञ विक्रम थापाको टोलीले गरेको शल्यक्रियाबाट जम्मा ४३ जनाको आँखाको ज्योती फर्किएको छ । अन्य १५ जना भने नियमित रुपमा उपचार केन्द्रमा दिईरहेको सेवाबाट लाभान्वित भएका हुन् ।
‘म तीन वर्ष देखि आँखा देख्न सकेको थिएन,’उनले भने,‘आँखा देख्ने भएपछि खुसी भएको छु ।’ बिपन्न र बृद्धलाई निशुल्क गरिएको शल्य क्रियापछि हिड्न र मानिस चिन्न सक्ने भएका हुन ।
लामो समयसम्म गाउँमै उपचारको अभावमा अन्धोपन पालेर बसेका बृद्धले बुढेशकालमा राम्रोसँग संसार देख्न पाएको खुसी भएका हुन । नेपाल रेडक्रस सोसाईटि शिव गंगा उपचार केन्द्रमा यसै साता ४३ जनाका मोतीया विन्दूको शल्य क्रिया गरिएको थियो । लोध एक प्रतिनिधि पात्र हुन । नियमित रुपमा मोतियाविन्दू शल्य क्रियाबाट सीमावर्तीका बिपन्न लाभान्वित भएका छन् ।
शिव गंगा उपचार केन्द्रले नियमित रुपमा बिशेषज्ञ चिकित्सकबाट मोतिया विन्दू शल्य क्रिया गर्दै आएको शिव गंगा उपचार केन्द्रका प्रमुख हरि केसीले बताए ।‘वेला वेला निशुल्क मोतियाबिन्दु शल्य क्रिया गरिन्छ’उनले भने,‘मोतियाविन्दुको शल्य क्रिया नियमिति रुपमा गरिन्छ । ’ यस उपचार केन्द्रमा अन्य अस्पतालको तुलनामा मोतियाविन्दु शल्य क्रियाको शुलभ मूल्य तोकिएको छ । एक जनाको मोतियाविन्दुको शल्यक्रिया गरेवापत केन्द्र ४ हजार ५ सय तोकिएको छ ।
पश्चिम तराई शुलभ मूल्यमा सर्वसाधरणलाई सेवा दिईरहेको केन्द्रको दाबी छ । बिगत देखि शल्य क्रिया गरिरहेको उपचार केन्द्रमा आधुनिक शल्य क्रिया कक्ष सहितको भवन निर्माण गरिएको छ । प्रदेश सरकारको लगानीमा निर्माण भएको भवन आधुनिक उपकरण जडान गरि सुबिधा सम्पन्न हिसावले शल्य क्रिया गर्ने केन्द्रले जनाएको छ ।
सुबिधा सम्पन शल्य क्रिया सहितको भवन उद्घाटन लुम्बिनि प्रदेशका माननिय मुख्य मन्त्री शंकर पोखरेल सहभागी हुदैछन् । पुस २८ गते मुख्य मन्त्रिले पाख्रेलले गुलरिया ६ मा रहेको नेपाल रेडक्रस सोसाईटि शिव गंगा आँखा उपचार केन्द्र उद्घाटन गर्ने कार्यक्रम तय भएको प्रेश नोटमा उल्लेख गरिएको छ ।