शुक्रबार, माघ ०२, २०७७
मा प्रकाशित
0
Shares
बर्दिया, माघ २ / विङ्गरले साईकल यात्रीलाई ठक्कर दिदा एक जना गम्भिर घाईते भएका छन् ।
घाइते हुनेमा मधुवन नगरपालिका –४ का मोतिलाल थारु हुन् । उनको अवस्था गम्भिर छ ।
घाइते थारुको नेपालगंजमा आईसियुमा राखी उपचार भईरहेको छ ।
बिहीबार थारुलाई विङ्गरले मधुवन नगरपालिका–४ माचड चोकमा ठक्कर दिएको हो । नेपालगंदेखि राजापुर जादै गरेको भे १ ज ११३१ नम्बरको विङ्गरले साईकलमा रहेका थारुलाई ठक्कर दिएको हो । ठक्कर दिने विङ्गर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।