सितलहरले जनजिबन प्रभाबित
आइतबार, माघ ०४, २०७७ मा प्रकाशित

‘यो जाडो धकेल्न पाँए हुन्थ्यो’

फरकसमाचार
बर्दिया, माघ ४  / तीन दिन अघि देखि शितलहरले गर्दा तराईमा घामको मुख देख्न मुश्किल भईरहेको छ । गुलरिया बजारमा पनि आगो बालेर ताप्ने गरेको दृश्य जताततै देखिन्छ । गुलरिया गाउँमा आगो तापेर बसेका एक बृद्ध भन्छन्,‘यो जाडो धकेल्न पाँए हुन्थ्यो,शितलहरले जिउँ खायो’ ।

ह्वात्तै बढेको शितलहरले कारण पश्चिम तराईका जिल्लाको जनजिबन अस्तव्यबस्त बन्न थालेको छ । चिसो बढेपछि सवारी साधनमा यात्रुको चाप घटेको छ । ठिहिका कारण सडकमा मोटरसाईकल देखिन छाडेका छन् । शितलहर छल्न आगो ताप्ने, न्यानो कपडा लगाउँने र सकेसम्म पैदल हिड्ने बैकल्पिक उपाय सर्वसाधरण खोजी गर्न थालेका छन् । शनिबार देखि चलेको शितलहरका कारण लाग्ने हस्सुले साझसम्म ढाक्न थालेपछि जनजिबन प्रभावित बन्दै गएको हो । एक्कासी चलेको शितलहरका कारण बिहिवार देखि यात्रु वहाक सार्वजनिक यातायातमा यात्रुको आवागमन घटेको छ ।

यस्तै,सरकारी कार्यालयमा सेवा लिन आउँने सेवाग्राही संख्या पातलिएको छ । शितलहर र हुस्सुको कारणले १ मिटर टाढा देख्न समस्या भएको चालकको भनाई छ । ‘म तालिममा सहभागी हुन नेपालगंज गएको थिए’ मोटरसाईकलमा सवार माधव निगमले भने,‘ हुस्सु र शितलहरका कारणले ३५ किलोमिटर बाटो काट्न तीन घन्टा लाग्यो भने गुलरिया पुग्दा सबै लुगा भिजे ।’बाँके, बर्दिया, कैलाली, कन्चनपुर लगायतका जिल्लामा सितलहरका कारण जनजिबन अस्तव्यबस्त बन्दै गएको छ । बालबालिकामा चिसोको कारण निमोनिया देखिएको र बृद्धबृद्धामा रुघाखोकीको समस्या देखिएको छ ।

स्थानीय व्यबसायीका अनुसार शित लहर चलेपछि न्यानो कपडाको ह्वात्तै माग बढेको छ । चिसो बढेपछि भारतिय सिमा गाँउबाट सिमा क्षेत्रका नेपाली बजार जाडोको कपडा किन्न आउन थालेको व्यबसायीले बताए । व्यासायीका अनुसार धनगढि, नेपालगंज, कैलालीको टिकापुरमा भारतका सिमामा बस्ने भारतका गाउँका ग्राहका आउन थालेको व्यवसायी बताउँछन् ।

‘भारतका बजारमा भन्दा जाडोका कपडा यँहा सीमावर्ती बजार सस्तो मूल्यमा पाईन्छ,’सीमावर्ती बजार गुलरियाका निशा जनरल स्टोर्सका संचालक कृष्ण मैनालीले भने,‘भारतीय ग्राहक आउने हुनाले जाडोको कपडाको बिक्रि बढेको छ ।’ मंसिर तेस्रो सातावाट शुरु भएको ठिहि दिनप्रतिदिन बढ्दै गएको उनले अनुमान गरे । शितलहरले हिउदे बालिलाई नोक्सान पुगाउने गरेको कृषि प्राबिधिकले बताए । ‘शितलहरले तरकारीमा आलु, टमाटर, काउलीमा असर पार्छ, ’प्राबिधिक भन्छन्,‘शितलहर सुरु पछि तराईका जिल्लामा हिउँदे बालीमा शितलहरले हुने ढुसी रोकथाम गर्न पर्ने हुन्छ । ’

चिसोको कारण नगरपालिकासंग सर्बसाधरणले राहतका काठ माग गरेका छन्् । ठिहि बढेकाले आगो बाल्न पर्ने भएको स्थानीय व्यबसायीहरुको भनाई छ ।

शितलहर र हुस्सुको कारणले सरकारी कार्यालयमा सेवाग्राही प्रभावित बनेको गुलरिया नगरपालिका नगर प्रमुख मुक्तिनाथ यादवले बताए । नागरिकता सिफारिस, सर्जमिन, नक्सा पासका लागी आउँने सेवाग्राही अन्य दिनको तुलनामा संख्या न्यून छ । एक्कासी चिसो बढेपछि ठाउँठाउँमा सर्वसाधरण जमघट हुने ठाउँमा काठ बितरण गर्ने गुलरिया नगरपालिका तयारी गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय