कोरोना कहरमा सुरक्षित बर्दियावासी भन्छन्ः
सोमबार, माघ ०५, २०७७ मा प्रकाशित

‘भेला आयोजना सदरमुकाम केन्द्रित हुदाँ कोरोना कहरको जोखिम बढेर जाने भयो’

बर्दिया,माघ ५ (फरकसमाचार) /  मास्क नलगाएर हिड्ने । मर्न मन छ । जस्ता कुरा सुँन्दा साच्चिकै प्रहरी कर्मचारीले कोरोना फैलिन नदिने हुन कि भन्ने जस्तो लाग्थ्यो । तर, फरक रहेछ । अहिले खुलेआम प्रर्दशन र भेला आयोजना हुदा प्रहरी र प्रशासन एक तमासले हेरिरहन्छ बाँ । यो प्रश्न – संसद बिघटन पछि विरोधमा निकालिएको जुलुश नेतृत्व गर्ने नेता तर्फ ईगिद गर्छ ।

‘भिडभाडमा पहिला कोरोना सर्ने, अहिले नसर्ने हो र ?’आईतवार भेला आयोजना दृश्य अवलोकन गरिरहेका एक युवा फरकसमाचार संवाददाताले प्रतिप्रश्न गर्छन् ।

कोरोना संक्रमण सर्ने डरले सर्वसाधरण काठमाडौ देखि पैदल घर पुगे । भारतबाट आउँने नेपाली सीमा कैयौं दिन भोकभाकै बसे । कतिको रोजगारी खोसियो । कति बेघर भए । यतिहुदा पनि सर्वसाधरणले कोरोना जोखिम न्यूनिकरणका लागि योगदान पु¥याए । तर,नियम कानुन त सर्वसाधरणलाई रैछ,‘हामीले के पायौ र ? सास्ती र दुःख बाहेक ।

पुस ५ गते संसद विघटनपछि दिन दिनै आन्दोलनको नाममा असन्तुष्ट दलकाले सडकमा शक्ति प्रर्दशन गरिरहदा यस्ता कोरोना संक्रमण जोखिमलाई उल्लघन गरिरहेको आरोप जिल्लावासी लगाईरहेका छन् । नेताको अघि सर्वसाधरणलाई सर्ने कोरोनाको जोखिम वेवास्ता भईरहेको छ ।

‘हैन भने कोरोनाको नाममा सरकार लकडाउन गरेर औषधि र उपचार विना जनता मरे,त्यसको हिसाव कस्ले दिने हो । ‘भेला र प्रर्दशनमा बोल्न पर्छ’ अर्का स्रोता राम वलिले भने । कोरोना जोखिमलाई लत्याएर दिनदिनै गरिने भेला र प्रशिक्षण नाममा जनतालाई काल खोज्न लगाउँने नेताको भाषण सुन्न बाध्यतामा जनता रहेको उनको गुनासो छ । ‘हामीलाई त प्रहरीले हर्पाथ्यो’उनी भन्छन्,‘हामीहरुको गुनासो खै कस्ले सुन्ने हो ।’

राजनितिक तर्फ बितृष्णा फैलिएको उनले सुनाए । हाम्रा राष्ट्रवादी नेता केपी ओली भनेर तिनै नेताले प्रचार गरेको उल्लेख गर्दे तीन वर्ष नवित्ददै तानशाही नेताको संज्ञा दिने नेताको अनुहार जनताले हेर्न परेको उनको गुनासो छ ।

नेपाली काँग्रेस, राप्रपा, माधव कुमार नेपाल–प्रचण्ड पक्षले खुलेआम रुपमा कार्यकर्ता बोलाएर कोरोना जोखिम बढाउँनु अबान्छीत क्रियाकलाप भएको उनको टिप्पणी छ । सँगसँगै केपी ओलीको असबैधानिक कदम खुलेर बिरोध गरे ।

बर्दिया जिल्लामा एक कोरोना अस्पताल निर्माण हुन नसकेको अवस्थामा चौक चौराहा मानिस जम्मा भाषण गर्ने प्रबृतिको अन्त्य हुुनु पर्ने स्थानीयको माग छ । पछिल्लो समय बर्दिया जिल्ला कोरोना संक्रमण विरामी कम भएको जिल्ला मध्यमा पर्छ । स्वास्थ्य मापदण्ड अपनाएर लकडाउन खुकुलो गरेकाले जिल्ला कोरोना संक्रमण फैलिएको स्थानीय विश्वस्त थिए । दिन दिनै सदरमुकाम गुलरिया लक्षित भेला र प्रशिक्षणको नाममा गरिरहेको आमसभाले कोरोना जोखिम बढ्ने जोखिम बढेको हो । जिल्ला सुरक्षित राख्न प्रहरी र प्रशासन वाह्रय जिल्ला र भारतका नाका निगरानी बढाएर जोखिम न्यूनिकरण भेला आयोजनाले बढाईरहेको प्रति स्थानीयको आपत्ति छ ।

कुर्सीका लागि यतिखेर मानवताले हार खाएको कोरोना संक्रमण रिन हामीले बोक्न परेको भन्दै स्थानीय आक्रोषित भईरहेका छन् । स्वास्थ्य कार्यालयका अनुसार कोरोनाको संक्रमितको संख्या १ हजार ४ सय ९४ छन् करिब एक सय जनामा सक्रिय भाईरस भएकाले बाँके बिभिन्न अस्पतालमा उपचार भईरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय